Loading... आजः ११ चैत्र २०७९, शनिबार

१४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिलागुफामा हुने


कालिकोट- आगामी १४ औँ जिल्ला स्तिरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिकोटको तिलागुफा नगरपालिकामा हुने भएको छ । १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाँवै गाँउपालिकाको कुनीमा मंगलबार सम्पन्न भएपछि बसेको जिल्ला खेलकुद विकास समिति तथा सबै पालिका प्रमूखहरुको बैठकले १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिलागुफा नगरपालिकामा आयोजना गर्ने निर्णय गरिएको हो ।
आगामी १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिलागुफा हुने निर्णय भएपछि महाँवैबाट झण्डा र शिल्ड तिलागुफाले बुझेको नगर प्रतिनिधि नरेश शाहीले जानकारी दिए । तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाँवैमा भव्य रुपमा सम्पन्न भएको र आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिलागुफामा आयोजना गर्ने निर्णय गर्ने सबै सरोकारवालाहरुलाई धन्यबाद दिएका छन् । उनले १३ औं जिल्ला स्तरिय रनिङ शिल्डबाट प्रदेश स्तरमा छनोट हुने खेलाडी हरुको बन्द प्रशिक्षण, खेलाडी पोसाक, र गाडी भाडाको प्रायोजन तिलागुफा नगरपालिकाले प्रायोजन गर्ने घाेषणा गरे ।

महाँवैमा सम्पन्न १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खाँडाचक्र नगरपालिका प्रथम भएको छ । यस्तै द्धित्तियमा तिलागुफा नगरपालिका र तृतियमा रास्कोट नगरपालिका भएका छन् । महाँवे गाँउपालिका अध्यक्ष खेमबहादुर सिंहले महाँवैमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको भन्दै सक्रिय सहभागिता र सहयोगका लागि अन्य ८ वटै पालिकालाई धन्यबाद दिएका छन् । उनले समग्र खेल क्षेत्रको विकासका लागि सबै पालिकाहरुले सहकार्य गर्नुपर्ने बताएका छन् ।