Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

कर्णालीकाे आफ्नै स्वास्थ्य प्रयाेगशाला सञ्चालन

सुर्खेत –  प्रदेशको आफ्नै प्रयोगशाला सुर्खेत कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएपछि सहज हुने भएको हाे ।

शुक्रवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनसमेत गरे । मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।

उनले प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै उहाँले प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकसित गर्न लागिने जानकारी दिए । प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए ।

उनले अव अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे । उनका अनुसार अव रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।