Loading... आजः ११ चैत्र २०७९, शनिबार

सुर्खेतमा बृहत हरियाली होली


सुर्खेत- सुर्खेतमा फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्वका अवसरमा बृहत हरियाली होली कार्यक्रम आयोजना गरी मनाईएको छ । सुर्खेतको मुहारको हरियाली ल्याउन र सफा वीरेन्द्रनगर बनाउन होली पर्वका अवसरमा बृहत हरियाली होली कार्यालक्रम आयोजना गरिएको हो ।
पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले सोमबार होली पर्वको अवसरमा वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बिचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरुको गोडमेल गरिएको छ । क्लिन एण्ड ग्रिन सुर्खेतका अभियान्ता डाक्टर नवराज केसीको अगुवाईमा वीरेन्द्रनगर स्थित जुम्ला रोडमा संरक्षणको अभावमा सुक्दै गएका बोटविरुवाको गोडमेल गरिएको हो ।
यो अभियानमा विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । बोटविरुवाको संरक्षण गरेर सुर्खेतको मुहारमा हरियो रंग दल्नु यो अभियानको मुख्य उद्देश्य रहेको अभियान्ता डाक्टर केसीले बताए । मानिसहरु एक आपसमा बिभिन्न रंगहरु दलेर रंगिन बनेर मनाइने फागुपूर्णिमाका अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।