सांसद शर्माले गरे तिलागुफा नगर अस्पताललाई सहयोग

कालिकोट- मोरङ क्षेत्र नं. ३ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य डा.शुनिल शर्माले कालिकोटको तिलागुफा नगरपालिका स्थित नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नाेवेल मेडिकल बलेज बिराटनगर र काठ्माण्डौ मेडिकल कलेजका संचालक समेत रहेका नेपाली कांग्रसबाट निर्बाचित सांसद शर्माले दुर्गमका नागिकलाई गाँउमै स्वास्थ्य सेवा दिने उद्देश्यले तिलागुफा नगर अस्पताललाई आबश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
सांसद शर्माले तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्याय, उपप्रमूख महेन्द्रबहादुर शाही, कांग्रेस नेता मनराज शाही, टिकाराम न्यौपाने, कृष्ण पाण्डे लगायतको टोलीलाई तिलागुफा नगर अस्पतालका लागि आबश्यक एक्स रे मेशिन, इसिजी मेसिन र मनिटोरिङ मेसिन गरी ३३ लाख बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेका हुन् । यही फागुन ७ गते अछाम र कालिकोटमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आउदा तिलागुफा नगरपालिकामा भ्रमणमा पुगेका सांसद शर्माले तिलागुफा अस्पताल निरिक्षण पनि गरेका थिए । त्यतिबेला नगर अस्पतालमा अत्यावश्यक ती मेसिनहरु सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार उनले आईतबार एक कार्यक्रमका बीच सहयोग हस्तान्त्रण गरेका हुन् ।
मेडिकल व्यवसायी तथा समाजसेवी सांसद शर्माले दुर्गमका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता होस भनेर आफुले बर्षेनी निशुल्क स्वास्थ्य शिविरका साथै मेडिकल सामग्रीहरु सहयोग गर्दै आएको बताए । उनले भने, तिलागुफा नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा डाक्टर सहितको जनशक्ति हुँदा पनि स्वास्थ्य सामग्रीहरुको अभावमा नागरिकहरु अत्याबश्यक सेवा लिन नपाएको नगरप्रमूखबाट जानकारी पाँए । त्यसपछि तिलागुफा नगर अस्पतालमा इसिजी, एक्सरे लगायतका सेवाहरु संचालन हुँदा गाँउका नागरिकहरुले सेवा पाउन भनेर सहयोग गरेको हुँ । काठ्माण्डौ मेडिकल कलेज र नोवेल मेडिकल कलेजले बर्षेनी बिशेषज्ञ स्वास्थ्य सेवाबाट बन्चित दुर्गम बस्तिहरुमा पुगेर निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा पनि दिदै आएको छ ।
तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्यायले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने अभियान चलिरहेका बेला सांसद शुनिल शर्माले नगर अस्पतालमा अत्याबश्यक मेसिनहरु सहयोग गरेर ठुलो गुन लगाएको बताए । उनले भने, आन्तरिक आयश्रोत नभएका केन्द्रको अनुदानमा सरकार संचालन गरिरहेका स्थानिय सरकारहरुलाई नागरिकलाई आबश्यक सेवाहरु दिन निकै समस्या भईरहेको छ । हामीले पनि नगर अस्पताललाई व्यवस्थित बनाउन लागिपरेका छौँ । त्यसै बेला सांसद शर्माको सहयोगले तिलागुफा नगर अस्पतालको सेवा बिस्तारमा ठुलो सहयोग पुगेको छ ।
उनका अनुसार तिलागुफा नगरपालिकाले अतिविपन्न नागरिकको निशुल्क स्वास्थ्य बीमा र अन्य सबै नागरिकको ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गर्ने कार्यक्रम पनि सुरु गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिका भित्रका सबै परिवारको स्वास्थ्य बिमा अनिर्बाय गरिसक्ने लक्ष्य राखेको छ । उनले भने, संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई कार्यन्वयन गर्न नगरपालिकाले स्वास्थ्य बिमालाई महत्व दिएको छ । स्वास्थ्य सेवा सबैको पहुँचमा पुगाउने हाम्रो लक्ष्य छ ।
ई-कर्णाली खबर
३० फाल्गुन २०७९, मंगलवार ०४:३०