Loading... आजः १४ चैत्र २०८०, बुधबार

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौँ – नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो। केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो । २०७८ मंसिर ९ गते मध्याह्न १२ बजेसम्म उक्त जनसंख्या नेपालमा रहेको बताइएको छ । गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ । पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ ।
पहिलोपटक अन्य लिंगीको समेत गणना भएको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी ९लैङ्गिक तथा यौनिक अल्पसंख्यक को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ० दशमलव ०१ प्रतिशत हो ।
जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको बताइएको छ । सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ । यसैगरी पहाडमा ४० र र हिमालमा ६ प्रतिशतको बसोबास रहेको छ। हिमाल र पहाडमा जनसंख्या घटेको पाइएको छ भने तराईमा बढेको छ ।