Loading... आजः ३ असार २०८१, आईतवार

कर्णालीमा दुरसंचार सेवा गुणस्तरीय नहूँदा सेवा प्रबाहमा समस्या

सुर्खेत- कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णालीमा दुरसंचार सेवा प्रभावकारी नहुँदा सेवा प्रबाहमा समस्या भएको बताएका छन् । उनीहरुले बिभिन्न सेवा प्रदायक संस्थाहरुले प्रदान गरेका दुरसंचार सेवाहरुको गुणस्तरमा प्रश्न उठाउदै दुरसंचार सेवाकै कारण सार्बजानिक निकायले प्रदान गर्ने सेवाहरु प्रबाह गर्न समस्या भएको बताएका हुन् ।
नेपाल दुरसंचार प्राधिकरणले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशमा दुरसंचार सेवाको बर्तमान अवस्था र दुरसंचार सेवाको गुणस्तर सम्बन्धि सेवा प्रदायक संस्था तथा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधिहरुले दुरसंचार सेवा प्रबाह गर्दा नागरिकहरु लुटिएको भन्दै सेवा प्रदायक संस्थाहरुको आलोचना गरे । कार्यक्रमका प्रमूख अतिथि प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भने, मुख्यमन्त्रालयमा आफुले कुनै पेजहरु खोल्दा सेलरोटी घुमेजस्तै घुमिरहन्छ । मन्त्रालयले टेलिकमले तोके अनुसारको शुल्क तिरेकै छ । खर्च पनि भएकै छ । तर सेवा लिन निकै सास्ती खेप्नुपर्छ ।
दुरसंचार सेवाको बिषयमा अनुगमन निरिक्षण गर्ने नेपाल दुरसंचार प्राधिकरणले के हेरेको छ । यसको भुमीका केहो ? उनले प्रश्न गर्दै भने, प्रदेशको राजधानी सुर्खेतमा त इन्टरनेट सेवाको हालत यस्तो छ । कर्णालीका बिकट बस्तिहरुमा नागरिकले कसरी सेवा लिन सक्छन् । उनले भने, इन्टरनेट सम्बन्धि प्राबिधिक कुरा हामीलाई जानकारी हुँदैन् । आज मर्मत ग¥यो । केही दिनमा फेरी बिग्रिन्छ । कर्णालीमा इन्टरनेट सेवाका नागममा सेवा प्रदायक संस्थाहरुले हामीलाई लुटिरहेका छन् । के कर्णालीका हरेक नागरिकले सहज रुपमा गुणस्तरीय दुरसंचार सेवा लिनका लागि सबैले आईटी पढ्नै पर्ने हो त ? उनले कर्णालीमा हुने यो समस्या समाधानका लागि आबश्यक सुधार गर्न पटक पटक सम्बन्धित निकायमा धाएको छु । तर सुधार हुँदैन् ।
यस्तै कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीका बिकट जिल्लाहरुमा स्थानिय नागरिकहरु टिलिफोन सेवाबाटै बन्चित हुनुपरेको बताए । उनले भने, कर्णालीमा सतप्रतिशत नागरिकहरुले टेलिफोन सेवा पनि पाएका छैनन् । अहिले बिज्ञान र प्रबिधिको युग भनिएको छ । तर यहाँका नागरिकहरु फोन समेत गर्न सदरमुकाम धाउनुपर्ने अवस्था कायमै छ । यसको अन्त्य गर्न प्राधिकरणको भुमीका आबश्यक छ । कार्यक्रममा उद्योग पर्यटन वन तथा बाताबरणमन्त्री जितबहादुर मल्लेले कर्णालीमा अहिले पनि टेलिफोन गर्नका लागि डाँडामा जानुपर्ने समस्या रहेको बताए । उनले भने, कर्णालीका मुगु, हुम्ला लगायतका दुर्गम जिल्लाका केही पालिकाका नागरिकहरु अहिले पनि टेलिफोन गर्नका लागि अग्लो ठाँउ(डाँडा) खोजेर जानुपर्ने समस्या छ । घरका पनि कुनै कोठाको झ्याल नजीक किला ठोकेर मोबाईल झुण्डाउनुपर्ने समस्या छ । यो समस्या समाधान गर्नका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ ।
कार्यक्रममा नगरपालिका महासंघका केन्द्रीय सदस्य एवं कालिकोटको तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्यायले दुरसंचार सेवा प्रदान गर्ने सेवा प्रदायक संस्थाहरुले इन्टरनेट सेवाका नाममा लुट्ने गरेको बताए । उनले भने, नेपाल टेलिकम, एनसिएल, वल्डलिंक लगायतका सेवा प्रदायक संस्थाहरुले नागरिकलाई लुटिरहेका छन् । गाँउमा फोन सुनिदैन तर पैसा काटिहाल्छ । डाटा लियो नेट चल्दैन तर पैसा काटिहाल्छ । नगरपालिकामा पनि इन्टरनेट सेवाले काम नगर्दा उपभोक्ताले गरेको कामको भुक्तानी लगायतका सेवाहरु दिन ढिलाई हुने समस्या छ । असरा मसान्तको समयमा त इन्टरनेट नचलेर धेरै विकास आयोजनाहरुको भुक्तानी गर्न नसकिएर रकम फ्रिज हुने समस्या छ । तिलागुफा नगरपालिकामा मात्र नेपाल टेलिकमका चार वटा टावरहरु बर्षौँदेखी निर्माण नभएर अलपत्र अवस्थामा छन् । स्थानिय सरकारको कम्जोरी नहुँदा पनि जनताको गाली हामीले खाईरहेका छौँ ।
कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले कर्णालीमा दुरसंचार सेवामा देखिएका समस्या सुधार गर्नकै लागि यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, हामीले कर्णालीमा दुर संचार सेवामा रहेका समस्याहरुका बारेमा जानकारी लिने, सेवा प्रदायक संस्थाहरु र सेवा ग्राहीहरुबीच समन्वय गरी समस्या समाधान गर्न पहल गर्ने, दुरसंचार सेवाको अवस्थाका बिषयमा छलफल गर्ने, सेवाको गुणस्तर सुधार गर्न भाबी योजनाका बिषयमा छलफल गर्नका लागि यो कार्यक्रम गरिएको हो । यो समस्याका बिषयमा हामी गम्भीर रुपमा सुधारका लागि पहल गर्छौँ । प्राधिकरणले भाबी दिनहरुमा कर्णालीमा दुरसंचार सेवा नपुगेका ठाँउहरुको पहिचान गरी सेवा बिस्तार गर्ने योजना छ । निर्देशक घिमिरेले भने, सेवा पुगेका ठाँउमा सेवाको गुणस्तर बृद्धि गर्न पहल गर्ने, सेवाको बिषयमा अनुगमन निरिक्षण गर्ने, कर्णालीका सार्बजानिक, धार्मिक तथा पर्यटकिय स्थलहरुमा फ्रि वाईफाई सेवा पुगाउने, ७७ वटै जिल्ला र सबै पालिकाका केन्द्रहरुमा अप्टीकल फाईबर बिछ्याउने कार्य द्रुत गतिमा गर्न पहल गर्ने काम गछौँ । स्पष्ट कुरा सुनिने, कुरा गर्दा नकाटिने, अरुको कुरा सुनिने, सिग्नल प्राप्त भईरहने, सबै स्थानमा बिना अबरोध कुरा हुन सक्ने, तोकियको भन्दा बढी महसुल नकट्ने गरी मोबाई सेवाको गुणस्तर कायम गराउन पनि पहल गछौँ ।