Loading... आजः ३ असार २०८१, आईतवार

कर्णालीमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु


सुर्खेत- कर्णालीमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रदेश राजधानी सुर्खेतको बीरेन्द्रनगर स्थित निर्माणाधिन रंगशालामा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आईतबारदेखी सुरु भएको हो ।


प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिषामित्र संज्यालको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कांग्रेस प्रदेश संसदिय दलका नेता एवं पुर्व मुख्यमन्त्री जीबनबहादुर शाही, नेकपा एमाले प्रदेश संसदिय दलका नेता यमलाल कंडेल लगायतका प्रदेशका नेतृत्वहरुको उपस्थितिमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटनमा कर्णालीको लोक संस्कृति हुड्के नाच, डोरी तान्ने खेल, कराँतेको डेमो लगायतका रोचक प्रस्तुतिरहरु पनि प्रदर्शन गरिएका थिए ।
तीन दिनसम्म संचालन हुने १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटनमा खेल क्षेत्रका अगुवाहरुलmे सरकारले खेल क्षेत्रको विकासका लागि उचित लगानी गर्न नसकेको बताएका छन् । प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाही लगायतका वक्ताहरुले कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पनि प्रदेशका १० वटै जिल्लाहरुमा खेल पुर्वाधार विकास गर्नु पर्ने बताए । उनीहरुले प्रदेश सरकार र संघिय सरकारले पनि कर्णालीको खेल क्षेत्रको विकासका लागि ध्यान नदिएको बताए ।


कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको खेल क्षेत्रको विकासका लागि कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवसरका रुपमा लिनुपर्ने बताए । उनले त्यसका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा कांग्रेस संसदिय दलका नेता एवं पुर्व मुख्यमन्त्री जीबनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले बजेटमा खेल क्षेत्रलाई पहिलो प्राथमिक्ता दिएको बताउदै अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, हामीले कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीकै लागि प्रदेश रंगशाला प्रदेश गौरबकमो आयोजनाका रुपमा घोषणा गरेर द्रुत गतिमा निर्माण थालेको हो । अन्य धेरै यस्ता कामहरु भएका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश संसदिय दलका नेता यमलाल कंडेलले भाषण गर्ने तर काम नगर्ने राजनीति नेतृत्वकै कारण कर्णालीमा खेल क्षेत्रको विकासले गति नलिएको बताए । उनले भने, प्रदेशको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरु एक ठाँउमा उभिनु पर्छ ।


नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताईन् । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाहरुको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन भए यता कर्णालीमा खेल विकासको लागि ५ ‘प’ अर्थात प्रतियोगिता, प्रोत्साहन, प्रशिक्षण, पुरस्कार र पूर्वाधारलाई पहिलो प्रथामिकतामा राखेर काम गरेको बताए । कार्यक्रममा गनिज बुक अफ वल्र्ड रेकर्ड्स गरी नेपालको नाम बिश्वमा चिनाउने कीर्तिमानी धावक हरिबहादुर रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गरेका थिए । उक्त विभिन्न विधामा सञ्चचालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।