Loading... आजः ३ असार २०८१, आईतवार

तिलागुफाका कृषि उत्पादन अब बिश्व बजारमा


कालिकोट – कालिकोटको तिलागुफा नगरपालिकाले यहाँका स्थानिय उत्पादनहरुलाई बिश्व बजारमा बजारिकण गर्ने भएको छ । नगरपालिकाले गाउँका किसानहरुको अर्गानिक उत्पादन सोझै उपभोक्ताको पहुँचमा पुगाउन खोलिएको मुना कृषि लिमिटेडसँग सम्झौता गरी यहाँका स्थानिय उत्पादनहरुलाई बिश्व बजारमा बजारिकण गर्ने थालेको हो ।
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्याय र मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङका बीच दुई पक्षिय सम्झौता गरी तिलागसफाका रैथानी बालीहरु बजारीकरण गर्न तिलागुफा नगरपालिका वडा नंं १ नाग्म बजारमा शाखा समेत खोलिएको छ । मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङ, सितादेबी पाण्डेसहितको टोली कृषि उपज बस्तु रैथाने बालिहरुलाई संरक्षण, सम्बद्र्धन गरिी बजारको ग्यारेन्टी गर्ने र तिलागुफा नगरपालिकालाई व्याबसायीकरण गर्ने उदेश्यले तिलागुफा नगरपालिकामा नगरप्रमुख शंकरप्रसाद उपाध्याय, उप प्रमुख महेन्द्रबहादुर शाही लगायतको टोलीले दुई पक्षिय अन्तरक्रिया गरी नगरपालिका भित्र हुने कृषि उत्पादन बृद्धि गर्ने र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मुना कृषि लिमिटेड र तिलागुफा नगरपालिका बिच २०७९ चैत्र ८ गते तिलागसफाका स्थानिय उत्पादन बजारीकरण गर्नका लागि ५ वर्षे दुई पक्षिय सम्झौता भएको थियो । स्थानीय कृषि उपजहरुको संकलन बैज्ञानिक एवं आधुनिक प्रशोधन गरि बिश्व बजारमा बजारीकरण गर्ने उद्देश्य सहित मुना कृषि लिमिटेडको शाखा नै तिलागुफामा स्थापना गरिएको मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले बताए । उनका अनुसार कर्णाली बाट अहिले ३३ प्रकारका रैथाने बालिहरुको संकलन एवं बिक्री बितरण भैरहेको छ ।
गैर आवासिय नेपाली संघद्वारा संचालित यस मुना कृषि लिमिटेडमा एनआरएनको कृषि प्रबद्र्धन समिती, राष्ट्रिय कृषक समुह महासंघ, बाग्मती प्रदेश सरकार, काठमाडौं महानगर पालिका, ललितपुर महानगर पालिकाको समेत सहकार्य छ । जुन सहकार्यमा कर्णालीबाट तिलागुफा नगरपालिका पनि जोडिएको हो । बजार सुरु गरेको ९ महिनामा ५३ जिल्लाबाट कृषि बस्तु ल्याउन सुरु गरेको यस मुना कृषी लिमिटेडले अब चाडै ७७ जिल्लाको कृषि बस्तु बजारमा ल्याउने लक्ष्य राखेको अध्यक्ष गुरुङले बताए ।
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले मुना कृषि लिमिटेडसँगको सहकार्यले तिलागुफाको कृषि उत्पादनले बजार पाउने निश्चित भएको बताए । उनले भने, कृषिजन्य बस्तु उत्पादनका हिसावले प्रचुर सम्भावना बोकेको तिलागुफाको कृषि उपजले बजार नपाईरहेका बेला मुना कृषि लिमिटेडले बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता सहित शाखा बिस्तार गरेसँगै किसानहरुलाई ठुलो राहत महसुस भएको छ । अब किसानले उत्पादन गरेको बस्तु कुहिएर जादैन् । विगतमा यहाँको स्याउ, सिमी, आलु लगायतका अन्य तरकारीजन्य बालीहरु बजारकै समस्याले खेर जाने गरेका थिए ।