Loading... आजः ६ बैशाख २०८१, बिहीबार

सीपीएल क्रिकेट : २ विकेट लिएका सन्दीपले ४ रन जोडे

रिनीडाड । क्यारेबिन प्रिमियर लिग ९सीपीएल० अन्तर्गत यस सिजनको पाँचौं खेलमा सन्दीप लामिछानेले बलिङ ब्याटिङ दुवैमा खेल्ने अवसर पाएका छन्। बलिङमा २ विकेट लिन सफल भएका सन्दीपले ब्याटिङमा ४ रन बनाए। सन्दीपको टोली जमैका ताल्लवाज भने ३६ रनले पराजित भएको छ।

बिहीबार बिहान भएको खेलमा जमैकाले बार्बाडोज ट्रिडेन्ससँग प्रतिस्पर्धा गरेको थियो। क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेर बलिङ रोजेको थियो। सुरुमा ब्याटिङ गरेको बार्बाडोजले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनायो। अन्य ब्याट्म्यानले सामान्य प्रदर्शन गरे पनि वेस्ट इन्डिजका किल मेयर्सले ५९ बलमा ८ छक्का र ३ चौकासहित ८५ रन प्रहार गरे।

जमैकाका लागि अफगानी स्पीनर मुजिव रहमानले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिन सफल भए।

त्यसपछि सन्दीपले पनि बलिङमा जमैकाका लागि राम्रो योगदान गरे। ४ ओभरमा १६ रन दिएका उनले २ विकेट लिए। १०औ ओभरमा बलिङमा आएका सन्दीपले यस ओभरमा ३ रन दिए। १२औ ओभरको चौथो बलमा बार्बाडोजका रसिद खानलाई क्चाच आउट गराएका उनले यस ओभरमा जम्मा १ रन मात्रै दिए। १४औं ओभरमा नर्सेलाई बोल्ड आउट गरेका उनले यस ओभरमा ४ रन दिए। १६औँ ओभरमा १ चौकासहति ८ रन दिए।

१४९ रनको लक्ष्य पछ्याएको जमैकाका लागि सुरुवाती व्याट्सम्यान कसैले पनि राम्रो योगदान पुर्याउन सकेनन्। बोनरले ३१ रनको योगदान दिँदा ब्लाकवुडले २८ रन बनाए। बलिङमा उत्कृष्ट प्रदर्शन गरेका बुजिव रहमानले ९औं नम्बरमा आएर निकै आक्रामक ब्याटिङ गरे। मुविज १० बलमा २ छक्का र १ चौकासहित १८ रन बनाएर आउट भए। १०औं नम्बरमा क्रिजमा आएका सन्दीप ६ बलमा ४ रन बनाउँदै नटआउट रहे। २० ओभरमा जमैकाले ९ विकेट गुमाएर ११२ रन मात्रै जोड्न सक्दा ३६ रनको हार व्यहोर्न पुग्यो।

जमैकाले ५ खेल खेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ।

सन्दीपले यस सिजनको ५ खेल खेल्दा ७ विकेट लिन सफल भएका छन्।