Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

मिटरव्याजीविरुद्ध कानुन ल्याउन माग गर्दै संसद भवन अगाडि प्रदर्शन

काठमाडौं – मिटरव्याजविरूद्ध कानुन ल्याउन माग गर्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरिएको छ। काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।