Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

बाँके बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

नेपालगन्ज – पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।

मृतक ६ जनाको पहिचान खुले पनि सहचालकको भने पहिचान भएको थिए। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले मृतक सहचालक बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की रहेको जानकारी दिए।

साथै मृत्यु हुने अन्य ६ जना ठाकुरबाबा–९  की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द   (ठाकुरबाबा–८ ) हुन्।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९:१५ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो।

प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको हो ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ठाकुरबाबा ९ का बलबहादुर थारु र रामु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसीयुमा राखेर उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सरस्वती थापा र महिनबहादुर थारुको पनि शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।