Loading... आजः ३ जेष्ठ २०८२, शनिबार

नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं – लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार तेस्रो सफलता दिलाएका छन्। चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको हो।

५ रन बनाएका जितेश शर्माको व्यक्तिगत स्कोरमा लामिछानेले आफ्नो बलिङमा आफैँले क्याच गरेका हुन्। यस अगाडि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि एक/एक विकेट लिएका थिए।

यता भारतले १५.५ ओभरमा १४८ रन बनाएको छ। भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्।