Loading... आजः १६ बैशाख २०८२, मंगलवार

कर्णाली प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सहकार्य समझदारी

जुम्ला  – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सहकार्य सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने भएको छ । मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मङ्गल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता गर्न आयोजित बैठकमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि मलेसियाको सुविधा सम्पन्न मेडिकल सेन्टरबीचको सहकार्यले ठुलो सहयोग पुग्ने बताए । स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक कार्यक्रमका विषयमा आपसी सहकार्य गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियास्थित सनवे मेडिकल ग्रुपबीच समझदारी भएको हो ।
‘सनवे मेडिकल ग्रुप मलेसियामा निजी क्षेत्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो ग्रुप मध्येको एक हो । हामीले संस्थागत आपसी हितका लागि द्धीपक्षीय सम्झौँता गरेका छौँ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावलले भने, विशेषत उपचार सेवा, शैक्षिक अनुसन्धान र शैक्षिक कार्यक्रमका लागि सहयोग आदान प्रदान गर्ने सहमति भएको छ । खासगरी हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई फेलोसिप, तालिम, तथा सिकाईमा सनवेले सहयोग गर्नेछ । हामीले पनि उनीहरुका लागि केही अवसरहरु उपलव्ध गराउन सक्छौँ । हाम्रो उद्येश्य कर्णालीमा उत्कृष्ठ स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने हो । त्यसका लागि विश्वका विभिन्न देश र संस्थासंग हामीले सहकार्य गर्ने नीति लिएका छौँ । उनले यो समझदारीलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा महत्वपूर्ण कदम भएको बताए । उनले उच्चतम प्रविधिको आदान प्रदानले मेडिकल कलेज विकासमा सहयोग पुग्नुका साथै प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिबिच एक आपसमा सहकार्यको हुनेछ ।