सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका
काठमाडौं – सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको उक्त निर्देशिका परिमार्जनसहित मन्त्रिपरिषद् बैठकले पारित गरेको जानकारी दिइन्।
सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको हो।
पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको हो।
ई-कर्णाली खबर
२३ कार्तिक २०८०, बिहीबार १०:५५