Loading... आजः ३१ असार २०८१, सोमबार

कर्णालीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट हुने खेलाडीलाई मासिक ५ हजार दिने


सुर्खेत – १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मंसिरमा कर्णाली प्रदेशले आयोजना गर्दैछ । आयोजक प्रदेशको रुपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो ।
सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषदको १५ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले दुई अंकको लक्ष्य अर्थात ‘९९’ को टाग्रेट मिट गर्ने गरी तयारी थालेको बताए ।

बाग्मती प्रदेशले १५ फागुनबाट आयोजना गर्ने अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई नै १० औ राष्ट्रिय खेलुकद प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा राख्ने गरी परिषदले तयारी थालेको छ ।

‘यो भन्दा अघिको खेलको नतिजाको आधारमा हामीले कर्णालीमा मेडल सम्भावित खेलहरुको बग्रिकरण गरिसकेका थियौ आज बसेको १५ औं बोर्ड बैठकले त्यसलाई झन मुर्त रुप दियो बोर्ड बैठकका निर्णयबारे जानकारी दिदै,’ ‘ सदस्य सचिव संज्यालले भने,’ ‘त्यसमा केहि खेलहरु तलमाथि हुन सक्छन् ।’

मासिक ५ हजार भत्ता दिने निर्णयले खेलाडी खुशी

कर्णाली प्रदेश खेलकुद विकास परिषदको १५ औं बोर्ड बैठकबाट १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरुलाई मासिक रु, ५ हजार दिने निर्णयले खेलाडीहरुमा समेत उत्साहा छाएको छ । कर्णाली प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताहरुमा निरन्तर सहभागि हुदै आएकी एथ्लेटिक्स विधा र ब्याडमिन्टन विधाकी खेलाडी शेस्ना सिर्पालीले कर्णाली प्रदेश खेलकुद विकास परिषदको यो निर्णयले खेलाडीहरुलाई धेरै ठुलो सहयोग पुग्ने बताइन् ।

यो भन्दा अघिका थुप्रै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदा विना तयारी सहभागि हुनु पर्ने पिडा अब कर्णालीमा अन्त्य भएको उनले बताइन् । ‘अभावहरु धेरै थिए अब खेलकुद विकास परिषद गठन भए पश्चात छनौट भएका खेलाडीहरुलाई भत्ता स्वरुप ५ हजार दिने निर्णयले खेलाडीहरुलाई खेल तयारीको लागि झन हौसाला पुग्ने छ उनले भनिन् ।’

एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको दिर्गकालिन योजना पास

राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गरेर पनि खेल मैदानको अभाव झेलिरहेको कर्णालीमा अब एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको स्थापना हुने भएको छ ।

परिषदको १५ औ बोर्ड बैठकले क्रिकेट खेलको दिर्घकालिन योजनाको रुपमा स्थानीय तहको साझेदारीमा एक स्थानीय तह एक क्रिकेट ट्रेनिङ्ग सेन्टरको स्थापना गर्ने दिर्घकालिन योजना पास गरेको छ । प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा भने कालिन्चोक स्थित क्रिकेट मैदान र निर्माणाधिन प्रदेश रंगशालाको उत्तरपट्टिको भागमा क्रिकेट रंगशाला निर्माण थालेको छ । विभागिय मन्त्री एवं परिषदका अध्यक्ष खड्ग बहादुर पोखरेलले कर्णाली प्रदेश सरकारले १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कुनै कुराको अभाव हुन नदिने बताएका छन् ।

बाहिर विभिन्न संका उब्जिरहेको भन्दै पोखरेलले भौतिक संरचना होस् वा खेल पूर्व तयारीको लागि होस् कर्णाली प्रदेश सरकार १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्ण तयारीमा जुटिसकेको बताए । त्यसको लागि सबैले कर्णालीमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउनको लागि सबैले सकरात्मक भुमिका खेल्नु पर्ने औल्याए ।