Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णालीमा ड्युटीका प्रहरीले फोन चलाउन नपाईने


सुर्खेत – कर्णाली प्रदेश भित्र कार्यरत नेपाल प्रहरीले ड्युटिको समयमा मोबाईल फोन चलाउने नपाईने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहिबारदेखी ड्युटीको समयमा प्रहरीले मोबाईल फोन चलाउन नपाईने नियम लागु गरेको हो ।
कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटि गरिरहेको बखत मोबाईल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाईएको प्रदेश प्रहरी प्रमूख डिआईजी भीम ढकालले बताए । तर आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन् । उनका अनुसार ड्युटि टिममा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोनमार्फत सहजिकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरून, ड्युटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी राखुन र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस भन्ने उद्देश्यले यो व्यवस्था सुरू गरिएको प्रहरी नायव महानिरीक्षक ढकालले भने ।
यसरी मोबाईल नचलाएर प्रहरीले ड्युटी गर्दा सुरक्षा निग्रानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरूपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुनुका साथै प्रहरी प्रति नागरिकको विश्वास पनि बढ्ने अपेक्षा गरिएको छ । डिआईजी ढकालले भने, यसरी ड्युटीको समयमा मोबाईल नचलाउन÷नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकीसम्म परिपत्र गरेको छ । यस बिषयमा प्रदेशले प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको जनाईएको छ ।