Loading... आजः २५ माघ २०८१, शुक्रबार

कांग्रेसले सरकारमा रहेर पनि केही गर्न सकेन : नेता केसी

नुवाकोट – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस सरकारमा बसेर अनियमितताको साक्षी मात्र भएको आरोप लगाएका छन्।

केसीले अहिले देशमा चरम बेथिति र अनियमितता बढिरहेको र सरकारमा रहेको आफ्नै दलले केही गर्न नसकेको दावी गरे।
नुवाकोटको विदुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले सरकारमा बसेर जनताको पक्षमा काम गर्न नसक्दा कांग्रेस सरकारमै रहेको भए पनि सरकारमा नभएको जस्तो रहेको बताए।
उनले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन तथा अराजकता बढ्दा समेत वर्तमान सरकारले नियन्त्रण गर्न नसकेको बताए।