Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

गाउँमै बिजुली पुग्दा स्थानिय खुसी

कृष्ण दैलेखी

दैलेख – जिल्लाकाे चामुण्डाविन्द्रासैनी नगरपालिका वडा न ७ लयाटी, मष्टामान्डु र वडा न ९ डौसुरमा राष्ट्रिय प्रसारण लाईनमार्फत बिधुत सेवा सुचारु भएपछि स्थानिय खुसी भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरका दुई वटा वडामा बुधबारदेखी राष्ट्रिय प्रसारण लाईनबाट बिद्युत सेवा बिस्तार गरिएकाे हाे ।

भौगोलिक विकटताका कारण बिधुतलाई जडान गर्न गाह्रो थियो । बिद्युत कार्यालय दैलेखका प्राबिधिक प्रमुख प्रेम बिष्टले भने, स्थानिय सरकारसँगकाे सहकार्यमा गाउमा बिद्युत जडान विद्युत सेवा सुचारु गर्न सफल भयौं ।  पहिला बजारमा मात्र झकमक बिद्युत बलेको कहिले कस्सो सदरमुकाम दैलेख बजारमा देख्न पाइन्थ्यो अहिले गाउँमै बिद्युत सेवा आयो । अब गाउमा बिद्युत सेवा आएसँगै अध्यारोमा बस्ने दिन सकिएकाे भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

विद्युतको लाइन जडान तथा निर्माण ब्यबसायी रेनु कन्स्ट्रक्सन गरेको थियो । त्यहाका स्थानियले पहिले उज्यालोको लागि दियालो टुकि र हुने खानेको घरमा सोलार गुजारा चलाइरहेका थिए ।