Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार

सुर्खेत बिमानस्थल हाताभित्र अरोमा क्याफे एक्सप्रेस संचालन


सुर्खेत – कर्णालीका सफल युवा व्यवसायी मानव बमले नागरिक उड्यान कार्यालय सुर्खेतको हाताभित्र अरोमा क्याफे एक्सप्रेस संचालनमा ल्याएका छन् । बिमानस्थलमा आउनु यात्रुहरुलाई जहाज पर्खिदा बस्न, चिया कफि, खाजा खान सहज होस भन्ने उद्देश्यले व्यवसायी बमले नागरिक उड्यान कार्यालय भित्रै एक कोठा भाडामा लिएर क्याफे संचालन गरेका हुन् ।
कर्णालीमा आफुले जिम्मा लिएको काम समयमै सम्पन्न गर्ने र श्रमिकहरुलाई समयमै ज्याला दिने जस्ता असल व्यवहार देखाउने निर्माण व्यवसायी बमले सुर्खेत बिमानस्थलबाट आफुले यात्रा गर्दा पनि चिया, कफि खाने ठाँउ नजिकमा नहुँदा असुबिधा महसुस गरेकाले उड्यान कार्यालयको हाताभित्रै क्याफे संचालन ल्याएको बताए । उनले भने, यो मेरो कमाउने उद्देश्य भन्दा पनि सेवा दिने उद्देश्य हो । बिमानस्थलमा आउने हरेक पाउनाहरुलाई चिया, खाजा खानका लागि सहज र सुलव पनि होस । प्रदेशको राजधानीमा रहेको बिमानस्थल कर्णालीको पहिचान भएकाले यहाँ यस्तो व्यवस्था नहुँदा आफैले असुविधा भएको अनुभुति गरेको थिए । अब सबै पाउनाहरुले नागरिक उड्यान कार्यालय भित्र प्रवेश गरिसकेपछि केही समय क्याफेमा आनन्दले बिताउन पाउनेछन् ।