Loading... आजः २८ चैत्र २०८०, बुधबार

राष्ट्रिय सभा निर्बाचनका लागि कर्णाली कांग्रेसद्धारा ९० जनाको नाम सिफारिस


सुर्खेत – आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्बाचन निर्बाचनका लागि नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट ९० जना नेताको नाम सिफारिस गरेको छ । सोमबार र मंगलबार बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको बैठकले राष्ट्रिय सभा निर्बाचनका लागि पार्टीको तर्फबाट उम्मेद्वार बनाउन बिभिन्न कलस्टरबाट ९० जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पुर्व मुख्यमन्त्री जीबनबहादुर शाहीको प्रमूख आतिथ्यतामा बसेको बैठकले कर्णालीका १० वटै जिल्लाबाट सिफारिस भई आएका सबै नेताहरुको नाम प्रदेश कार्यसमितिले पनि जस्ताको त्यस्तै केन्द्रमा सिफारिस गरेको प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीले बताए । उनका अनुसार जुम्ला जिल्लाबाट राष्ट्रिय सभा निर्बाचनका लागि उम्मेद्वारको लिष्टमा सिफारिस भएका प्रदेश सभापति ललितजंग शाहीले भने आफैले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रदेश सभापति शाहीले आफुलाई पार्टीले बिभिन्न चरणमा धेरै अवसरहरु दिईसकेको र जिल्लाबाट आफ्नो नाम राष्ट्रिय सभा निर्बाचनका लागि सिफारिस गरेपनि आफ्नो चाहाना नै नरहेकाले आफ्नो नाम फिर्ता लिएको बताए । उनले भने, मैले आफै आफ्नो नाम फिर्ता लिए । अरु साथिहरु जो भएपनि पार्टीको निर्णय सबैले मान्नुपर्छ । पार्टीको तर्फबाट कुन कलस्टरबाट उम्मेद्वारी गठबन्धनबाट भागबण्डा पर्ने हो पक्का छैन् । त्यसैले जिल्लाबाट सिफारिस भई आएको सबै नामहरु केन्द्रमा पठाईएको हो ।
यस्तै कांग्रेसले कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । मुलुक संघिय संरचनामा गएपछि एक बर्ष अगाडी पहिलो पटक प्रदेश संरचनामा गएको कांग्रेसले आफ्नो प्रथम प्रदेश सम्मेलन चैत भित्र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । यस्तै बैठकले कर्णालीका १० वटै जिल्लाहरुमा पार्टीको संगठन बिस्तार अभियान प्रभावकारी बनाउने, जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितहरुलाई अस्थायी आवास तत्काल निर्माण गर्न प्रदेश संसदिय दल मार्फत प्रदेश सरकार र संघिय सरकारको ध्यनाकर्षण गराउने निर्णय पनि गरेको छ ।