Loading... आजः ३ जेष्ठ २०८२, शनिबार

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीलाई

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले जितेका छन् ।

रावतले एक घण्टा ११ मिनेट २५ सेकेन्ड र भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा २१ किलोमिटर दूरी पार गरेका हुन् । पुरुषतर्फ दोस्रो हुने रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ र तेस्रो हुने श्रीकेश राईले एक घण्टा १३ मिनेट २३ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।

त्यस्तै, महिलातर्फ हुने दोस्रो सिर्जना पाण्डेले एक घण्टा ३२ मिनेट ४३ सेकेन्ड र तेस्रो हुने राज्यलक्ष्मी रावलले एक घण्टा ३६ सेकेन्ड ४० मिनेटमा सो दूरी पार गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीहरुलाई क्रमशः रु ५५, ३० र २० हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  विजयी पुरुष तथा महिला खेलाडीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कारसहित ट्रफी प्रदान गरे ।

पाँच किलोमिटर छात्रतर्फ प्रथम अजय विश्वकर्मा, द्वितीय नवराज बानियाँ तृतीय रमेश बुढा र छात्रातर्फ प्रथम विमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी, लक्ष्मी शाही तृतीय भएका थिए ।

प्रथम, द्वितीय र तृतीय हुन सफल छात्र तथा छात्रालाई क्रमशः रु १०, सात र पाँच हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।