Loading... आजः २५ मंसिर २०८१, मंगलवार

एसओएस सुर्खेतद्धारा बिद्यार्थी र अभिभावकसँग प्रिन्सिपल डिनर

सुर्खेत – एसओएस हर्मन माईनर बिद्यालय सुर्खेतले गत शैक्षिक शत्रमा बिभिन्न बिद्यामा उत्कृष्ट बिद्यार्थी र तीनका अभिभावकसँग प्रिन्सिपल डिनर आयोजना गरेको छ । बिद्यालयको सबै तहका बिद्यार्थीहरुबाट शिक्षा, खेलकुद, हाजिरिजबाफ, बतृत्वकला, अनुशासन लगायतका १० वटा बिद्यामा कम्तीमा ५ वटा बिद्यामा उत्कृष्ट हुने बिद्यार्थी र तीनीहरुलाई निमन्त्रणा गरेर प्रिन्सिपलसँग डिनर गर्ने कार्यक्रम आयोजना गरिएको हो । यो कर्णालीका लागि नयाँ र बिद्यार्थीहरुलाई उत्कृष्ट बन्ने कार्यक्रम हो ।


एसओएस हर्मन माईनर बिद्यालय सुर्खेतका प्राचार्य हरिहर बस्नेले बिद्यार्थीहरुलाई पढाईसँगै अन्य अतिरित्त क्रियाकलापमा उत्कृष्ट बन्न प्रेणा दिने उद्देश्यले पहिलो पटक आयोजना भएको प्रिन्सिपल डिनर कार्यक्रममा २४ जना बिद्यार्थी र उनीहरुका अभिभावकहरु सहभागी हुने अवसर पाएको बताए । उनले भने, गत आर्थिक बर्षमा घोषणा गरिएको कार्यक्रम अनुसार बर्षभरीमा पढाईका साथै अन्य अतिरिक्त क्रियाकलाप गरी १० वटा बिद्यामा मुल्यांकलन गर्दा कम्तीमा ५ बिद्यामा उत्कृष्ट हुने २४ जना बिद्यार्थीहरु भए । कार्यक्रम सुरुवात गरेको पहिलो बर्ष नै २४ जना बिद्यार्थीले मापदण्ड पुरा गर्न सफल भएको बताउदै आगामी बर्ष यस बार्यक्रममा छनोट हुने बिद्यार्थी संख्या पनि बृद्धि हुने उनले बताए ।


एसोएस बालग्राम सुर्खेतका निर्देशक गोपाल घिमिरेले बालबालिकाहरुलाई पढाईका साथै अन्य अतिरिक्त क्रियाकलाप प्रति आकर्षति गर्न प्रिन्सिपल डिनर कार्यक्रम निकै उपयोगी हुने बताए । उनले भने, हामीले बालबालिकालाई शिक्षा हासिल गर्ने मात्र नभई सबै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हो । बालबालिकाको चाहाना र क्षमता अनुसार अन्य क्रियाकलापमा पनि लाग्ने उचित बातावरण बिद्यालय र अभिभावकले बनाईदिनुपर्छ । त्यसैले यस बर्षको प्रिन्सिपल डिनर कार्यक्रममा २४ जना बिद्यार्थी मात्र उत्कृष्टताका आधारमा छनोट नभई उनीहरुका अभिभावकहरु पनि उत्कृष्ट भएको उनले बताए ।


कार्यक्रममा एसओएस हर्मन माईनर बिद्यालय सुर्खेतका शिक्षक अभिभावक संघका अध्यक्ष डा.अर्चना कार्कीले पछिल्लो समय बिद्यालयले शैक्षिक क्रियाकलापका साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि लगानी बढाएको बताईन् । उनले भनिन्, हरेक अभिभावकहरुलाई आफ्नो सन्तानले पढाईका साथै अन्य क्रियाकलापमा पनि उत्कृष्ट बनोस भन्ने सोच हुन्छ । त्यसका लागि घरदेखी बिद्यालयमा उचित बातावरण बनाईदिनुपर्छ । जुन बातावरण एसओएसले बनाएको छ । बर्षमा कम्तीमा ५ बिद्यामा उत्कृष्टता हासिल गर्ने बिद्यार्थी र उनीहरुका अभिभावकसँग प्रिन्सिपल डिनर कार्यक्रम अर्को प्रेणादायी कार्यक्रम बनेको छ । यसलाई निरन्तरता दिनुपर्छ ।


कार्यक्रममा एसओएस बालग्राम लुम्बिनीका निर्देशक गोबिन्द ढकाल, एसओएस नेपालको जनरल एसएमली सदस्य एवं बालरोग बिशेषज्ञ डा. नवराज केसी, एसओएस हर्बिमन माईनर बिद्यालयका सह-प्राचार्य गंगाराम खड्का, बिद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश पन्त लगायतका सरोकारवालाहरुले बिद्यार्थी र अभिभावकसँग प्रिन्सिपल डिनर कार्यक्रम कर्णालीका लागि नयाँ र प्रेणादायी कार्यक्रम भएको बताए । पछिल्लो समय शिक्षा, खेलकुदका साथै अन्य बिद्यामा एसओएस हर्मन माईनर बिद्यालय सुर्खेतका बिद्यार्थीहरु जिल्ला तथा प्रादेशीक प्रतियोगिताहरुमा समेत बिजेता बन्ने गरेका छन् ।