Loading... आजः ३ जेष्ठ २०८२, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७०० पुग्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।