Loading... आजः ३२ असार २०८१, मंगलवार

अख्तियार, निर्वाचन आयोग र सीआईबीले अनावश्यक दु:ख दिइरहेको छ : शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन्। बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ,नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेड वर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरूले अन्त्यन्तै गम्भीर ढंगले समीक्षा गर्नुपर्नै समेत बताए।
राजनीतिक वा सरकारको स्थीतरताविना जतिसुकै कुरा गरेपनि मुलुकमा आर्थिक विकास हुन नसक्ने भन्दै स्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए। कोइरालाले कांग्रेस अहिले विपक्षमा रहेकाले सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट पारे । उनले अन्य दलहरूले जस्तै कोशिस गरेर सरकारमा नजाने धारणा व्यक्त गरे।

विभिन्न प्रकरणमा अख्तियारले,निर्वाचन आयोगले,सीआईबीले अनावश्यक दु:ख दिइरहेको भन्दै यस विषयमा राजनीतिक दलहरूबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ । उनले भने,’ के को लागि गरिरहेको छ। दल फुटाउने। दललाई दु:ख दिने। व्यक्ति व्यक्तिहरूलाई दु:ख दिएर अघि जान सकिदैन।’
उनले सुशासन,पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे। यो विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपले लिएको उनको भनाइ छ।