Loading... आजः ३२ असार २०८१, मंगलवार

उर्जामन्त्रीसमेत रहेका प्रदेश सांसद देवकोटा पदमुक्त


काठमाडौं – माओवादी केन्द्रको चुनाव चिन्हबाट विजयी भएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले शुक्रबारको बैठकमा सांसद देवकोटा पदमुक्त भएको सूचना दिएका थिए। कांग्रेस नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई सांसद देवकोटाले विश्वासको मत दिएका थिए। उनको मतकै कारण पाण्डेको सरकार जोगिएको थियो।
मुख्यमन्त्री पाण्डेले देवकोटालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएको थियो। माओवादी केन्द्रले भने फ्लोर क्रस गरेको भन्दै कारबाही गर्ने बताएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमणबाट फर्किएलगत्तै संविधान विपरीत कार्य गर्ने देवकोटालाई कारबाही गर्ने बताएका थिए। माओवादीले देवकोटालाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएको थियो। गत प्रदेश निर्वाचनमा देवकोटा गोरखा २(क)बाट विजयी भएका थिए।