Loading... आजः २० कार्तिक २०८१, मंगलवार

मासिदै चरिचरन क्षेत्र


कालीकाेट – कर्णालीमा चरिचरनको क्षेत्र मासिदै गएको पाईएको छ । नेपालको खर्कको कूल क्षेत्रफलको ३९ प्रतिशत खर्क क्षेत्र कर्णाली प्रदेशमा पर्नेमा पछिल्लो समय खर्क वा चरिचरन क्षेत्र मासिदै गएको हो । ग्लाेबल इन्टिच्यूट फर इन्टरमिस्प्लरी स्टडिमकाे आयाेजना र डिभिजन वन कार्यालय कालीकाेटकाे सहजीकरणमा प्रदेशकाे खर्ककाे अवस्था मापन तथा व्यवस्थापन रणनीति र कार्ययोजना बिषयक जिल्ला स्तरीय गाेष्ठीमा ग्लाेबल इन्टिच्यूट फर इन्टरमिस्प्लरी स्टडिमका निर्देशक उत्तमवावु श्रेष्ठले नेपालको कुल भूभागको करिब २३ प्रतिशत भूभाग खर्क चरनक्षेत्रले ओगटेको जानकारी दिए ।

कर्णाली प्रदेशको १० जिल्ला मध्ये डोल्पा, हुम्ला, मुगु, जुम्ला र जाजरकोटमा प्रमुख रुपमा खर्क पाइएको निर्देशक श्रेष्ठले भने ।
खर्क भन्नाले पशुपालनको लागि महत्वपूर्ण चरन क्षेत्र भएको निर्देशक श्रेष्ठले भने,` कर्णाली प्रदेशमा खर्कको अबस्थामा खर्कमा यार्सागुम्बा, जटामसी, कुटकी, वनलसुन, पाखनवेट लगायतका थुप्रै महत्वपूर्ण जडिवुटी पाइन्छ । नेपालबाट विदेश निर्यात हुने मुख्य वस्तुहरु जडिवुटी, पश्मिना, छुर्पी, उन, फेल्ट सबै खर्कका उत्पादन हुने गर्छ । खर्क हिमाली क्षेत्रको तल्लो तटिय क्षेत्रको वासिन्दाको लागि पानीको स्रोत हाे । खर्कले कार्बन संचिति, माटोको संरक्षण लगायतका थुप्रै अदृश्य सेवा प्रदान गर्दछ । तर, खर्क यतिखेर खस्कँदो अवस्थामा छ । अनियन्त्रीत चरिचरन, मिचाहा प्रजातिको प्रकोप, झाडिदार, पशुले नखाने वनस्पतिको फैलाहट, जलवायू परिवर्तन, खर्कको अतिक्रमणको कारण खर्कको गुणस्तर ह्रासउन्मुख छ ।`

ग्लाेबल इन्टिच्यूट फर इन्टरमिस्प्लरी स्टडिमले खर्ककाे अध्ययनको उदेश्यमा २३ बर्षमा कर्णालीका चार जिल्ला, हुम्ला, जुम्ला, मुगु र चरिकोटको खर्कको अवस्थाकाे बारेमा अध्ययन गरेकाे छ । जुन अध्ययनले भूउपग्रहको तस्वीर विश्लेषण गरेर खर्कको अवस्था मापन गर्ने, खर्कको अवस्था खस्कनुको कारकहरु पत्ता लगाउने, खर्कको व्यवस्थापनलाई गरिनुपर्ने रणनितिहरु तर्जुमा गर्ने र प्रदेश स्तरिय खर्क व्यवस्थापनको रणनिति तथा कार्ययोजना तयार पार्ने रहेकाे आयाेजकले जानकारी दिएकाे छ । यस्तै, कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले खर्कमा फाेहाेर व्यवस्थापन गर्नु पर्ने बताए । साथै, साेही कार्यक्रममा आफ्नाे भनाइ राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीले पाटन र खर्क शब्द फरक भएको बताए । कर्णालीमा जुन खर्क भन्ने शब्द छ त्याे पशु चाैपाय राख्ने गाेठ भन्ने बुझिने गरिएको जानकारी दिए ।

यस्तै, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले खर्ककाे चरण क्षेत्रमा चुनाैतिका साथै राेकथाम गर्नु बताए । अध्यक्ष सिंहले पाटनमा चाेरी सिकारी बढ्दाे रहेकाे जानकारी दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले कर्णालीका खर्कहरुकाे व्यवस्थापन र संरक्षणका लागि स्थानीय तहले नीति निर्माण गर्नु पर्ने बताए । अध्यक्ष विष्टले स्थानीय तहले खर्क व्यवस्थापनका लागि बजेटकाे व्यवस्थापन गर्नु पर्नेमा जाेड दिए । उक्त एक दिने गोष्ठीमा नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा, अवसर र चुनौतीहरु, सरोकारवालाहरुको भुमिका र जिम्मेवारीहरु सम्बन्धिमा सहजीकृत, नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनमा समता र समावेशिकरण, चरन वा खर्क ब्यबस्थापनमा बिज्ञान, निती र अभ्यासको साइनो र बहुआयामिक फाइदाको लागि खर्क ब्यबस्थापन बारे छलफल भएकाे थिए ।