Loading... आजः २५ माघ २०८१, शुक्रबार

स्वास्थ्य चौकी नानिकोट र धौलागोहलाई सहयोग


कालिकोट – जिल्लाको स्वास्थ्य चौकी नानिकोट र धौलागोहमा रहेको प्रसुतिगृहका लागि आबश्यक उपकरणहरु सहयोग गरिएको छ । वान हर्ट वल्डवाईड र भिडिसेफ नेपाल कालिकोटद्धारा जिल्लाका दुई वटै स्वास्थ्य संस्थामा रहेको प्रसुतिगृहलाई सुविधायुक्त बनाउने उपकरणहरु सहयोग गरिएको हो ।
जिल्लाको पचालझरना गाँउपालिका वडा नं. ७ स्थित स्वास्थ्य चौकी नानिकोट र पलाँता गाँउपालिका वडा नं. २ स्थित स्वास्थ्य चौकी धौलागोहमा रहेको प्रसुतिगृहका लागि आबश्यक उपकरणहरु लिएर भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावल सहितको टोलीले स्वास्थ्य चौकी प्रमूख र सम्बन्धित वडा अध्यक्षको रोहवरमा हस्तान्त्रण गरेको हो । उक्त प्रसुतिगृहका लागि वेवी वारमेर सेट, इमरजेन्सी ट्वाईलेट, अटोक्ल्याव, स्टेचर, नर्मल फोल्डिङ बेड र म्याट्रिक, डेलिभरी सेट, इपी सेट, प्रेक्नेन्ट टुल, ड्रुम सेट, अक्सीजन सिलिण्डर लगायतका अत्याबश्यक उपकरणहरु हस्तान्त्रण गरिएको हो ।
जिल्लाका विकट क्षेत्रका स्वास्थ्य संस्थामा संचालनमा रहेका प्रसुतिगृहका लागि अत्यावश्यक उपकरणहरु सहयोग गरेकोमा पलाँता गाँउपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत हिमाल संज्यालले भिडिसेफ नेपाल र अन्य निकायहरुहरुलाई धन्यबाद दिए । उनले ती समाग्रीहरुले प्रसुतिगृहमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मींहरुलाई निकै सहता हुने र प्रसुति सेवा थप प्रभावकारी हुने बताए । भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष कल्पना रावलले वान हर्ट वल्डवाईडसँगको सहकार्यमा जिल्लाका नानिकोट र धौलागोहमा संचालित प्रसुतिगृहलाई आबश्यक उपकरणहरु हस्तान्त्रण गरिसकेको र अन्य पालिकामा रहेका प्रसुतिगृहलाई पनि मागका आधारमा सहयोग गर्ने तयारी रहेको बताईन् । उनले भिडिसेफ नेपाल जिल्लामा रहेर स्वास्थ्य, शिक्षा, सीप विकास र जीविकोपार्जनका क्षेत्रमा निरन्तर सहयोग गर्दै आईरहेको बताउदै यो अभियानमा साथ दिने सबैलाई धन्यबाद दिईन् ।