सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरु
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरु भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलन बुधबार सुरु भएको हो ।
उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको प्रमूख आतिथ्यतामा सुरु भएको सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा सहसचिव गोबिन्दप्रसाद रिजाल, मुक्तिनाथ विकास बैक मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकाल, नबिल बैकका डेपुटि सिईओ मनोजकुमार ज्ञवाली लगायतका व्यक्तित्वहरुको उपस्थिति छ ।
कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहाने युवाहरुका लागि उद्यमशीलता प्रेरणा दिनका लागि आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ बर्षदेखी ४० बर्षमुनिका युवा उद्यमीहरुको उपस्थिति रहेको छ । कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैक तथा बित्तिय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका बिषयमा जानकारी दिनुका साथै उद्यमशीतला सम्बन्धि सफलताका अनुभवहरु आदान प्रदान गरिनेछ ।
ई-कर्णाली खबर
१९ असार २०८१, बुधबार १३:३१