Loading... आजः २८ पुष २०८१, आईतवार

सुर्खेतमा खोलाले बगाउँदा ७ वर्षीय बालिका बेपत्ता


सुर्खेत- सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ खाम्नामा रहेको कुदाल खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।
सिम्ता गाउँपालिका-९ की कल्पना बादीकी ७ वर्षीया छोरी मनीषा बादीलाई कुदाल खोलाले बगाएको प्रहरी चौकी आली सुर्खेतले जानकारी दिएको छ ।

खोलाले बगाएर बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।