विपद्काे पूर्व तयारीमा तल्लाे तहसम्म परिचालन गर्न मुख्यमन्त्री कडेलकाे निर्देशन
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विपद्का कारण हुन सक्ने संभावित जाेखिम न्यूनिकरणका लागि तल्लाे तहसम्म सुरक्षा युनिटहरू परिचालन गर्न निर्देशन दिएका छन् । आज वीरेन्द्रनगरमा आयाेजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूकाे आकस्मिक बैठकमा मुख्यमन्त्री कंडेलले विपदमा हुने क्षति न्यूनिकरणमा तल्ला तहका युनिटहरू सक्रिय भएमा ठूलाे क्षतिबाट जाेगाउन सकिने बताए ।
मुख्यमन्त्री कडेलले विपद बाट हुने संभावित जाेखिम न्यूनिकरणकाे लागि सुरक्षा निकायकाे भूमिका महत्वपूर्ण हुने हुँदा उपलब्ध साधन श्राेत र जनशक्तिलाई तयारी अवस्था रहनसमेत निर्देशन दिए । प्रदेश सरकारले आफनाे सामर्थले भ्याएसम्म विपदकाे लागि आफना संरचनाहरू परिचालन गर्ने बताउदै मुख्यमन्त्री कडेलले जाेखिम न्यूनिकरण तथा राहत र उद्वारमा सराेकारवाला निकाय तथा विकास साझेदारहरूलाई आफना संरचनाहरू लाई प्रभावकारी ढंगले परिचालन गर्नु पर्नेमा जाेड दिए।
यस वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्ताे जाेखिम नदेखिएकाे तर संभावित खतरासंग जुधन सुरक्षा निकायहरूबीच समन्वकारी भुमिका आवयक रहेकाे बताए। आकस्मिक बैठकमा प्रमुख सचिव चुडामणि भट्टराई, पश्चिम पृतना नेवारेक उपरथी कृष्ण भट्ट, नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी, शसस्त्र प्रहरीका डिआइजी दुर्गाप्रसाद भट्टराई, राष्टिय अनुसन्धान प्रदेश प्रमुख माधव तिमिल्सेना लगायतकाे उपस्थित थियाे।
ई-कर्णाली खबर
२८ असार २०८१, शुक्रबार १७:०९