कर्णाली करिडोर अवरुद्ध
कालीकोट – आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका-८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।्
पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । ‘लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ’, उनले भनु । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए ।
यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट-हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।
ई-कर्णाली खबर
२९ असार २०८१, शनिबार १०:५५