कर्णालीमै पहिलो पटक सुर्खेतमा विविए पढाइ सुरु
सुर्खेत – कर्णाली प्रदेशमै पहिलो पटक ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन विविए पढाइ हुने भएको छ । क्याम्व्रिज विजनेश कलेज सुर्खेतले विविएका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा विविए पढाई सुरुवात हुने भएको हो ।
कर्णालीका शैक्षिक अभियान्ताहरुको सक्रियतामा सुर्खेतको वीरेन्द्रनगरमा नयाँ खुलेको क्याम्व्रिज विजनेश कलेजमा विविए पढाई थालनी हुने भएपछि बिद्याथीृको सार्बधिक रुचि भएको विविए पढ्न कर्णाली बाहिर जानुपर्ने बिद्यार्थीको बाध्यता अन्त्य भएको छ । विश्व बजारमा अत्यन्तै उपयोगी र नयाँ प्रविधियुक्त विषय बिबिए भएकाले यो बजारको आवश्यकता अनुसार क्याम्व्रिज विजनेश कलेजले कर्णालीमै पहिलो पटक यस बिषयको पढाई सुरुवात गर्न लागेको कलेजका अध्यक्ष दिपक गौतमले वताए । उनले भने, विद्यार्थीहरुलाई व्यावसायिक जगतमा सफल व्यवस्थापक तथा नव उद्यमीहरुको रुपमा तयार गर्न र आर्थिक क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा पहिलोपटक निजि क्षेत्रवाट दक्ष जनशक्ति उत्पादन गर्ने गरी बिबिए कायक्रम संचालनमा ल्याएका छौँ । यसले कर्णालीमा दक्ष जनशक्ति उत्पादन, सक्षम नेतृत्व विकास, कर्णालीलाई बिश्वबजारसँग जोड्नका लागि महत्वपुर्ण भुमीका खेल्नेछ ।
ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन एक व्यावसायिक पाठ्यक्रम भएकाले विद्यार्थीहरूको बौद्धिक क्षमता, व्यवस्थापन, र नेतृत्व कौशल विकास गर्न मद्दत पुग्ने क्याम्व्रिज विजनेश कलेजका संचालक हरिहर बस्नेतले वताए । विविए ४ वर्षे, ८ सेमेस्टर अन्तर्गत विजनेश टुलका विषयहरुको अध्ययन हुनेछ । कलेज संचालक बस्नेतले भने, कर्णाली प्रदेशका विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर विविए कार्यक्रम संचालनमा ल्याएका छौँ । यसलाई हामीले पूर्ण मल्टिमिडियाको तरिकाले पठनपाठन संचालन गराउने तयारी गरेका छौँ । विविए कार्यक्रमले अर्थशास्त्र, समाजशास्त्र, मनोविज्ञान, अपरेसन, मार्केटिङ, फाइनान्स, अनुसन्धान आदि जस्ता विषयका क्षेत्रहरूमा विशेषज्ञता समावेश गर्नेछ । बिबिए कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचिको क्षेत्रमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्दछ । विश्वभर उद्योगहरू द्रुत गतिमा बढ्दै गएकाले, कडा प्रतिस्पर्धा र नवीनतम प्रवृत्तिहरूबाट आफुलाई अब्वल सावित गर्नका लागि बिबिए गर्न अति आवश्यक रहेको कलेज संचालक बस्नेतले बताए । उनका अनुसार वास्तविक–विश्व व्यापार प्रशासन भूमिकाहरू, उद्यमशीलताका साथै चुनौतीहरू र आविष्कारहरूको सामना गर्न संगठनात्मक कार्यहरूको लागि तयार बन्न हरपल प्रेरित गर्ने भएकाले विविए कर्णालीका बिद्यालर्थीका लागि निकै उपयोगी छ ।
यस्तै क्याम्व्रिज विजनेश कलेजका निर्देशक किरण वस्नेतले कर्णालीमै विविए कार्यक्रम संचालन गर्न लामो समयबाट गरिएको प्रयास यो यो बर्ष सफल भएको बताए । उनले भने, कर्णाली प्रदेशमा विद्यार्थीहरुका लागि समय उपयोगि शिक्षा विविएको सम्बन्धन प्राप्त गर्न झण्डै ८ बर्ष लाग्यो । यो कार्यक्रम कर्णाली प्रदेशकै लागि नौलो हो । यो विषय पढ्नका लागि विगतमा धेरै विद्यार्थीहरू प्रदेश बाहिर नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता थियो । अब कर्णालीका बिद्यार्थीले कर्णालीमै विविए पढ्न पाउने भएका छन् । कर्णालीका विद्यार्थीको विविए अध्ययन गर्ने सपना क्याम्व्रिज विजनेश कलेजले पुरा गर्ने भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक व्यवहारिक विषय विविए कार्यक्रम संचालन हुनु कर्णालीको समग्र शैक्षिक विकासका हिसावले सुखद रहेको यहाँका शिक्षा विद् तथा शैक्षिक अभियान्ताहरुको भनाई छ । सुर्खेत उधोग वाणिज्य संघका महासचिव भद्र भण्डारीले कर्णालीमा पहिलो पटक निजि क्षेत्रले विविए कार्यक्रम ल्याएर राम्रो कामको सुरुवात गरेको बताए । उनले भने, कर्णालीमा उद्यम गर्नेहरुका लागि कुशल व्यवस्थापक र अन्य दक्ष्य जनशक्ति पाउनै मुस्कील थियो । अब कर्णालीमै विविए कार्यक्रम संचालन भएपछि उद्योग तथा व्यवसायिक हिसावले कर्णालीका लागि आबश्यक जनशक्ति कर्णालीमै उत्पादन हुने भएको छ ।
ई-कर्णाली खबर
२६ श्रावण २०८१, शनिबार ०७:५३