कर्णालीको समृद्धिको सपना पुरा गर्नुछ – प्रदेश योजना आयोग सदस्य योगी
कालिकोट – कर्णाली प्रदेश योजना आयोगको सदस्यमा कालिकोटको रास्कोट नगरपालिका वडा नं. ३ का समाजसेवी हुन् अशोकनाथ योगी । बिगत ३ दशक लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका योगी प्रदेश योजना आयोगको सदस्यमा नियूक्त भएका हुन ।
कर्णाली प्रदेशको समग्र विकासका लागि र कर्णालीवासीको जिवनस्तर उकासेर समृद्व कर्नाली र सुखारी कर्नालीवासीको नारालाई पुर्णता दिने अभियान विगतदेखी नै सक्रिय रहदै आएका योगीको सामाजिक क्षेत्र, नीति निर्माण र योजनाका सन्दर्भमा राम्रो अनुभव हासिल गरिसकेका व्यक्ति हुन् । सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष समेत रहेका योगीले सन १९९८ देखि विभिन्न क्षेत्रवाट सामाजिक परिवर्तनका क्षेत्रमा योगदान दिदै आएका थिए ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार प्रसार बिभागका केन्द्रीय सदस्य र लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जन भन्दा बढी संजालमा आबद्ध रहेका योगीलाई कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियूक्त गरेको हो । कर्णाली प्रदेशलाई विकासको नवीन मोडेल तिर लैजान, दिर्घकालिन योजना निर्माणदेखि शुसाशन कायम गर्नका लागि आफुले महत्वपुर्ण भुमीका निर्वाह गर्ने उनी बताउछन् ।
उनले विभिन्न क्षेत्रमा काम गरेको अनुभबका आधारमा पनि प्रदेश योजना आयोगको सदस्य पदमा रहेर कर्णाली प्रदेशको विकासमा प्रभावकारी कार्यसम्पादन गर्ने बताए । कर्णाली प्रदेशलाई विकासको गतिमा लिनु पर्ने र त्यसको जिम्मेवारी पुरा गर्न आफुहरु सक्रिय रहने बताए । उनले विकास निर्माणसँगै सुशासन कायम गर्न, सामाजिक विकृति विसंगतिको अन्त्य, कमिसनमा आउने योजना अन्त्य गर्न आफ्नो मुख्य प्राथमिक्ता हुने उनले बताए ।
सदस्य पदमा नियूक्त भएका योगीले सपथ खादा खेरिको वाक्य स्मरण गर्दे कोही कसैको प्रलोभन र दवावमा नपरी समग्र कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, मैले कर्णाली प्रदेशका नागरिकहरुको जिवन स्तर राम्रोसँग नियालेको छु । अब कर्नालीका समस्या मात्र बेच्ने अनि अप्ठ्यारो देखाएर उम्किने होईन ? सम्भाबना नै सम्भाबना बोकेको कर्नालीको विकासको ढोका खोल्दै अवसरहरुको उपयोग गर्न सबै लाग्नुपर्ने बेला आएको छ । उनले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैले एक आपसमा हातेमालो गरि सकरात्मक सोचका साथ रतनात्मक सुझाव सल्लाह दिन समेत सबैमा आग्रह गरेका छन ।
ई-कर्णाली खबर
२७ श्रावण २०८१, आईतवार ०८:१९