Loading... आजः २६ आश्विन २०८१, शनिबार

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु


सुर्खेत – कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोतिबिन्दुको शल्यक्रिया सुरु भएको छ । प्रतिष्ठानमा पहिलो पटक यस सुरु भएको हो । अब सधैँ मोतिबिन्दुको शल्यक्रिया गर्ने गरी प्रतिष्ठानमा यसको सुरुवात भएको प्रतिष्ठानमा उपकुलपति डा.मंगल रावलले बताए।

पहिलो पटक ४० जना मोतिविन्दुका बिरामीहरुको चिकित्कसहरु बिश्वराज तिमिल्सिना र चिकित्सक प्रकाश बम ठकुरीले यसको सुरुवात गरेको उनले बताए । अब यो टिमले सधँै प्रतिष्ठानमा मोतिविन्दुको शल्यक्रियाका साथै अन्य नेत्र रोगका बिभिन्न सेवाहरु समेत सुचारु गर्नेछ । कर्णालीका अन्य नौ जिल्लामा पनि यो सेवा जुम्लाबाट बिस्तार गरिनेछ ।

यसका लागि चिकित्सक सन्दुक रुइत र तिलगंगाको सहकार्यमा कर्णाली भेरी प्रतिष्ठानले नेत्र रोग सेवा बिस्तार गर्ने योजना रहेको उनले बताए । यसबाट कर्णालीका सवै जिल्लाका सहयोगी निकायहरुको समन्वयमा आँखा शिबिर सञ्चालन गरेर सेवा दिने कार्यले बिदा पाउनेछ । सिधै प्रतिष्ठानमा समन्वय गरे यो सेवा उपलब्ध हुनेछ।