Loading... आजः २६ आश्विन २०८१, शनिबार

काँग्रेसको कर्णालीमा सय दिने अभियान – सबै जिल्लामा प्रतिनिधि खटाईए


सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले प्रदेशका १० वटै जिल्लामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस केन्द्रले शुरु गरेको २०८१ असोज ७ गते देखि पौष १६ गतेसम्म सन्चालन हुने सय दिने बिशेष अभियानलाई प्रभाकारी बनाउन प्रदेश भित्रका १० वटै जिल्लामा प्रदेश कार्यसमितिका तर्फबाट सदस्यहरुलाई प्रतिनिधिका रूपमा खटाएको हो ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका सभापति ललितजंग शाहीको अध्यक्षतामा बिहबार र शुक्रबार बसेको प्रदेश कार्यसमितिको बैठकले कांग्रेसले थालेको सय दिने अभियानका लागि प्रदेश कार्यसमितिबाट कालिकोट मनराज शाही, जुम्ला कर्ण भण्डारी, मुगु मनजन कार्की, डोल्पा बेगम सिंह, हुम्ला कर्ण रावल, सल्यान रुद्रबहादुर चन्द, रुकुम पश्चिम सीता वली, जाजरकोट सर्पराज रावत, सुर्खेत क्षेत्र नं. १ मानबहादुर बुढा, क्षेत्र नं. २ शम्भु पन्त र छबि सिग्देल, दैलेख क्षेत्र नं. १ मा भक्तिप्रसाद उपाध्याय, र निर्मला खड्का, क्षेत्र नं. २ मा बिनोद खनाल र दिपा बोहोरालाई प्रदेशबाट प्रतिनिधिका रुपमा खटाएको नेपाली कांग्रेस प्रदेश प्रवक्ता दमनबहादुर शाहीले बताए ।
उनका अनुसार यो अभियान सफल बनाउने, अभियानका क्रममा कांग्रेस र जनताको बिचमा सम्बन्ध जोड्न र पार्टीका सबै भातृ तथा शुभेच्छुक संघ सस्थालाई परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेसबाट निर्बाचित सबै तहका जनप्रतिनिधिलाई जनताको पक्षमा प्रभाबकारी काम गराउन लगाउने निर्णय समेत गरेको छ । यस्तै कर्णाली प्रदेश कार्यसमितिले गठन गरेका बिभागिय प्रमुखहरुलाइ अर्को बैठकमा आफुले गरेको प्रगतिको प्रतिबेदन पेस गर्ने, कर्णाली प्रदेश आम नागरिकका जनजीबिका सवालमा संघिय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहलाई गम्भीर भएर काम गर्न नेपाली कांग्रेस कर्णाली प्रदेश ध्यानाकर्षण गराउन, अबिरल बर्षाका कारण र प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशभरी भएको मानबिय क्षती र भौतिक क्षती भएको प्रती नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति दुख व्यक्त गर्दै निधन भएका प्रती श्रद्धाञ्जली गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गर्ने निर्णय निर्णय गरेको छ ।
यस्तै बैठकमा नेपाली कांग्रेस कर्णालीबाट कर्णाली प्रदेश सरकारमा सहभागी ४ जना मन्त्रीहरुले सरकारमा रहेर आफ्नो तर्फबाट गरेका कार्यको प्रगति विवरण राख्दै कर्णालीका नागरिकको पक्षमा काम गर्ने र शुसासन कायम गर्दै नागरिक प्रती सरकार प्रतिबद्ध छ र आफू रहनेछौ भन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यसम्पादन समितिको बैठक र पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गर्दै प्रदेश कार्यसमितिका सदस्य लंकबहादुर शाहीको स्वास्थ्य लाभको कामना गपनि गरेको छ ।