Loading... आजः ६ कार्तिक २०८१, मंगलवार

शान्ति समाज सुर्खेतको सभापतिमा दिपक गौतम निर्वाचित


सुर्खेत – मानव अधिकार तथा शान्ति समाज सुर्खेतको सभापतिमा दिपक गौतम निर्वाचित भएका छन्। मानवअधिकार तथा शान्ति समाज, जिल्ला शाखा सुर्खेतको शनिवार वीरेन्द्रनगरमा सम्पन्न २४ औ साधारणसभाबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपसभापतिमा रण वहादुर खड्का ,सचिवमा सम्झना बुढा , कोषाध्यक्षमा सेतुराम पाण्डे , सह सचिवमा दान ब रोकाय, निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा ओम ब बुढा,रेसम भण्डारी, महेन्द्र कुमार थापा, नैनसरा बुढा, तेज कुमारी चपाई जिसी , कुमारी बिन्द्रा बडुवाल रहेका छन् ।

नवनिर्वाचिन सभापति दिपक गौतमले आफुले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गरेको हुनाले आउँदा दिनमा पनि मानवअधिकारका सवालमा शसक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाज सुर्खेतको नवनिवाचित कार्यसमितिको पहिलो बै‌ठकले ४ जना सदस्यहरु मनोनित गरेको छ । मनोनित हुने सदस्यहरुमा ज्योति पौडेल,योगेन्द्र कार्की, मंगलकुमार शर्मा र रचना सुनार रहेका छन् ।