Loading... आजः ६ कार्तिक २०८१, मंगलवार

अविरल वर्षाका कारण देशभर ५० जनाभन्दा बढीको मृत्यु

{“caption”:”u0915u092au093fu0932u0935u0938u094du0924u0941u0915u094b u0935u093eu0923u0917u0902u0917u093eu2013u0967u0967 u0913u0926u093eu0930u0940u0917u093eu0909u0901u092eu093e u092cu093fu0939u0940u092cu093eu0930 u0930u093eu0924u093f u092au0938u0947u0915u094b u092cu093eu0922u0940 u0964 u0935u093eu0923u0917u0902u0917u093eu0915u093e u092eu093eu0924u094du0930u0948 u096d u092cu0938u094du0924u0940u0915u093e u096cu0966 u0918u0930 u0921u0941u092cu093eu0928u092eu093e u091bu0928u094d u0964 u0924u0938u094du092cu093fu0930 : u092eu0928u094bu091c u092au094cu0921u0947u0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौँ – अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार देशभर एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्‍याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।