पर्यटकीय स्थल रारामा सुविधासम्पन्न होटेल अभाव
मुगु – पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटुले रारामा चमेनागृहका नाममा दुई वटा होटेल डाँफे चमेनागृह र भिलेज हेरिटेज रिसोर्र्टलाई मात्र सञ्चालन अनुमति दिएको छ । दिनप्रतिदिन पर्यटकको सङ्ख्या वृद्धि भए पनि होटेलको सङ्ख्या बढ्न सकेको छैन ।
कालीकोटबाट रारा घुम्न आएका नरेन्द्र मल्लले भने, “राराताल आसपासमा प्रतिस्पर्धी होटेलको व्यवस्था नहुँदा हामी जस्ता आन्तरिक पर्यटकले खान र बस्नैका लागि दुःख पाउने गरेका छन् । त्यहाँ भएका दुई होटेल बुक भइसक्ने र पर्यटकको सङ्ख्या बढी हुँदा खान र बस्नको समस्या भएको उनले बताए । खानकै समस्याले तीन दिन बस्ने योजना आफूले बनाए पनि एक दिनमै फर्कनु परेको उनकोे भनाइ छ । एनले पर्यटकलाई सहजताका लागि अन्य होटेल सञ्चालनको अनुमति दिनुपर्ने माग उनले गरेका छन् ।
सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयले रारामा चमेनागृहका नाममा स्थापना भएको डाँफे र हेरिटेज होटेललाई मात्र एकलौटी अनुमति दिँदा राराभन्दा बाहिर रहेका दर्जनौँ होटेलमा सेवाग्राही नआउने गरेको स्थानीय विर्षबहादुर रोकायाले बताए ।
ई-कर्णाली खबर
४ मंसिर २०८१, मंगलवार ०८:०६