नयाँ भवनमा जिल्ला अस्पताल कालिकोट
कालिकोट – लामो समयदेखी स–साना टिनको टहराबाट सेवा प्रदान गर्दै आइरहेको जिल्ला अस्पताल कालिकोट सुविधा सम्पन्न भवन बनेपछि टहरा मुक्त बनेको छ ।
आफ्नो स्थापना कालदेखी साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको जिल्ला अस्पताल कालिकोट सुविधा सम्पन्न भवन बनेपछी सोमवार कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन् ।
साँघुरो टहरामा बिना उपकरण र चिकित्सकको अभावकै बिचमा सेवा दिदै आइरेको आस्पतालले सुविधा सम्पन्न भवनबाटै सेवा दिने भएपछी अव जिल्ला अस्पताल टिनको टहरामुक्त बनेको हो ।
लामो समयदेखी साँगुरो टिनको टहरामा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालले औषधीको अभाव देखी चिकित्सक समेत अभाव झेल्दै आइरहेको भएपनी अव सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ला अस्पताल भएपनी अतिअवश्यक सेवा वाहेक अन्य जटिल केशहरु कहिले जुम्ला त कहिले प्रदेश अस्पताल सुर्खेत रेफर गर्नु प्रथ्यो । अहिले भवन संगै आवश्यक दरबन्दी अनुसारको चिकित्सक पाएपछी पछिल्लो समय अस्पताल सुधिारिदै गइरहेको छ ।
भवन अभावमा अस्पताललले बिरामीलाई दिनु पर्ने जती गुणस्तरीय सेवा दिन सकेको थिएन । नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको जिल्ला स्वास्थ्य प्रमुख डा.भिष्म पोख्ररेलले बताए । ‘टिनको टहरामुक्त त बन्यो यो खुसिको कुरा हो,’ पोख्रेलले भने,अझै दक्ष जनशक्ती र उपकरणको आवश्यकता रहेको औँल्याए ।
‘टिनको टहराबाट सेवा दिँदा बिरामी र चिकित्सकलाई समस्या भएको थियो ।’ करिब २६ करोडको लागतमा ५० शय्याको सुबिधा सम्पन्न भवन निर्माण भएपछी सेवा प्रवाहमा सहज भएको छ । अव भवन अनुसारको सेवा दिन बिषेशज्ञ चिकित्सक हाल दरबन्दी अनुरुप पुर्ती गरिदिन,एम्बुलेन्स,ब्वलोड बैंक स्थापना र अन्य उपकरण आवश्यक रहेको मुख्यमन्त्री संग माग गरे ।
भवनको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री कडेँलले आवश्यक उपकरण र बिषेशज्ञ चिकित्सको व्यवस्था गछौँ तर, सेवा गुणस्तरमुखी हुनु पर्ने बताए । राष्टगुरु योगी नरहरीनाथ जन्मेको जिल्ला कालिकोट अहिले स्वास्थ्य शिक्षा र आवश्यक पुर्वाधारमा हुनु पर्ने जती बिकास हुन नसकेको जिकिर गरे । अव यो समस्याको सावधान प्रदेश सरकार र संघ सरकारले पुर्ति गरिनु पर्ने समेत बताए । उपकरण र दक्ष चिकित्सकको व्यवस्था गरिन्छ तर, सेवा गुणस्तरमुखी गरिनुपर्ने मुख्यमन्त्री कँडेलले निर्देशन दिए ।
यस्तै उद्घाटन कार्यक्रममा सहभागी प्रदेशका सामाजिक बिकास मन्त्री घनश्याम घण्डारीले औषधी,उपकरण र दक्ष चिकित्सकको अभाव झेलिरहेको कालिकोट जिल्ला अस्पतालमा आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए । सरकार आर्थिक रुपमा टाट पल्टेको हुनाले करार जनशक्ती हैन अव आफै उत्पादनमा जोडिनु पर्ने बताए । प्रयाजसो धेरै ठाउँका जिल्ला अस्पताल रेफर सेन्टरमात्र बनेको छन । यसको समस्याको पहिचान गरेर समस्याको सावधान गर्न तर्फ मन्त्रालय लाग्ने बताउदै नयाँ सुविधा सम्पन्न भवन बनेको छ अव सेवा पनी गुणस्तरीय दिन निर्देशन दिए ।
उद्धाटन कार्यक्रमा कर्णाली प्रदेश उपसभामुख एशोदा न्यौपाने,कर्णाली प्रदेश सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत स्थानिय सरकार प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सरोकारवाला कार्यालय प्रमुख लगायतको उपस्थितीमा भवनको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रमको सभाअध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष गोगनबहादुर मल्लको रहेको थियो भने संचालन जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले गरेका थिए ।
ई-कर्णाली खबर
४ मंसिर २०८१, मंगलवार ०८:०९