पाँचथरबाट सार्बाधिक कर दाखिला गर्ने नरेन्द्र केरुङ सम्मानित
फिदिम – पाँचथरबाट सार्बाधिक कर (आयकर) दाखिला गरेबापत केरुङ एण्ड एसोसिएट्स, रजिष्ट्रड अडिटर पाँचथर सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले सम्मान गरेको हो । कर कार्यालय भद्रपुरले केरुङसहित पाँच जना व्यवसायीलाई सम्मान गरेको हो । आर्थिक बर्ष २०७९/०८० मा केरुङ एण्ड एसोसिएट्सले पाँचथरबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको थियो ।
आफ्नो कार्यक्षेत्र अन्तर्गत लेखा ब्यवसायबाट सार्बाधिक कर दाखिला गरेको यो पहिलो रेकर्ड भएको कर कार्यालय भद्रपुरले जनाएको छ । ‘यसअघि लेखा व्यवसायबाट सबैभन्दा धेरै कर दाखिला भएको रेकर्ड छैन्,’ कर कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्लेले भने ‘केरुङ एण्ड एसोसिएट्स पाँचथरले नयाँ रेकर्ड कायम गरेको छ ।’
केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङ लेखा व्यवसायसहित राजनीतिमा आबद्ध छन् । सार्बाधिक कर तिरेर राष्ट्रिय बिकासमा योगदान गर्न पाउँदा आँफूलाई गौरब लागेको केरुङले बताए । ‘इमानपूर्बक कर तिर्नु हामी सबैको दायित्व हो,’ उनले भने ‘सवै राजनीतिकर्मी, समाजसेवी कुनै न कुनै पेशा व्यवशायसँग जोडिए राजनीति प्रति जनविश्वास अझ वड्ने थियो ।’
ई-कर्णाली खबर
८ मंसिर २०८१, शनिबार ०९:४८