Loading... आजः २५ मंसिर २०८१, मंगलवार

जाजरकोटमा बालविवाह बिरुद्ध प्रथम बालिका सम्मेलन


सुर्खेत – बढ्दो बालविवाहलाई न्युनीकरण गर्न र बालिकाहरुको सशक्तीकरण गर्नका लागि जाजरकोटको छेडागाड नगरपालिकामा पहिलो पटक बालिका सम्मेलन आयोजना गरिएको छ । बालविवाह बिरुद्ध बालिका अभियान्ताहरुसंग साझेदारी, यसको न्युनीकरणमा हामी सवैको जिम्मेवारी भन्ने मुल नाराका साथ उक्त सम्मेलनको आयोजना गरिएको हो ।
छेडागाड नगरपालिका नगर प्रमुख रत्नवहादुर खड्काको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख कालिवहादुर खत्रीको प्रमुख अतिथ्यता र नगर उपपमूख चन्द्रवहादुर थापाको बिशेष अतिथ्यतामा भएको उक्त सम्मेलनमा करिव तीन सय भन्दा बढि बालिका र नगरपालिका, जिल्लास्थिति सरोकारवालाहरुको उपस्थिति रहेको थियो । बालविवाह एक हौ, बालविवाह नगरौ नगरौ भन्ने नारा सहित बाजागाजा सहित बजार परिक्रम गरि सभामा परिणत भएको उक्त सम्मेलनमा प्रत्येक वडावाट आएका बालिकाहरुले बिभिन्न गित, नृत्यमार्फत बालिकाहरुका प्रतिभा देखाएका थिए । करिव ४९ प्रतिशत बालविवाह रहेको छेडागाड नगरपालिकालाई बालविवाह बिरुद्ध ब्यापक अभियान संचालन गरेर अवको २ वर्षभित्र बालविवाह निषेधित नगरपालिका घोषणा गरिने नगर उपप्रमुख चन्द्रवहादुर थापाले बताए ।
उक्त बालिका सम्मेलनले बालविवाह बिरुद्ध हामी सबै एक हौ, कसैले गर्ने छैनाँै र गराउने छैनाँै, विहेवारी बीस वर्ष पारी, नारालाई सार्थक बनाउने छाँै, छोराछोरी वीच पढाईमा समान अवरसर दिने छाँै, बाल विवाह अन्त्यका लागी हामी सबै एकजुट हुनेछौँ, बालविवाह गर्नेलाई कानूनको दायरामा ल्याउन सहयोग गर्नेछौँ, वाल विवाह सम्बन्धी कानूनी प्रवधानको कार्यान्वयन गर्नेछौँ, परिपक्क उमेरमा गर्भाधान सुरक्षित जीवनको समाधान भन्ने मर्मलाई पालना गर्ने छौँ, साथी शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्नेछाँै, पारिवारिक वैठकमा आफ्नो समस्या र आगामी योजनाहरूको बारेमा छलफल गर्नेछौँ, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको अधिकारको लागि आवाज उठाउनेछौँ, बालिकाहरूको सशक्तिकरणका लागि स्थानीय तहमार्फत बजेट बिनियोजन गर्नेछाँै, जोखिममा रहेका बालबालिकाहरूको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पहल गर्नेछौँ, महिनावारी प्राकृतिक प्रक्रिया हो, यस अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्ने वा गराउने छैनाँै जस्ता १३ बुदे प्रतिवद्धतासमेत गरेका छन् ।
बिकास साझेदार संस्था सेभ द चिल्ड्रेन, पाँचतारा युवा संरक्षक मञ्च र छेडागाडा नगरपालिकाको साझेदारीमा आयोजित उक्त सम्मेलनले बालविवाह बिरुद्ध एक भएर अघि बढ्ने र सानैमा बालिकाले आफै भागेर गर्ने विवाहमा कमी हुने बिश्वास राखेको छ । छेडागाड नगरपालिकाको सनं २०२४ को जनवरी देखी जुलाईसम्मको विवाहको तथ्याँकलाई बिश्लेषण गर्दा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ प्रतिशत रहेको पाईएको छ । यसमध्ये ७३ प्रतिशत बालिका र २७ प्रतिशत बालकले बालविवाह गर्ने गरेको पाईएको छ । यसका साथै जातजातिगत रुपमा हेर्दा ३१ प्रतिशद दलित समुदाय, ११ प्रतिशत जनजाति, ५० प्रतिशत बाहुन क्षेत्री, र ८ प्रतिशत अन्य समुदायका बालबालिकाले २० वर्ष नपुग्दै विवाह गर्ने गरेको पाईएको छ । यति मात्र होईन २० वर्ष नपुग्दै गरेका मध्ये २७ प्रतिशतले विवाह भैसकेपछि बिद्यालय छोडेको र बिवाह गर्ने सत प्रतिशत बालबालिकाले आफै प्रेममा परेर विवाह गरेको पाईएको छ ।