Loading... आजः २८ पुष २०८१, आईतवार

कर्णालीका सवारी चालकहरुको स्वास्थ्य परिक्षण


सुर्खेत – कर्णाली प्रदेशमा रहेका सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नियमित कर्णालीका विभिन्न जिल्लामा सवारी संचालन गर्ने चालक तथा सहचालकहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको हो । वीरेन्द्रनगरको गोठिकाँडा स्थित प्रहरी चेकपोष्टमा संचालन भएको स्वास्थ्य परिक्षण कार्यक्रमको अवसरमा करिब ७० जना बढि सवारी चालक तथा सहचालकहरुले सेवा लिएका छन् ।
उनीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएर आफ्नो अवस्था बुझ्ने मौका पाएका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेत र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजक रमेश कुमार सापकोटाले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने बताए ।
सवारी चालक स्वस्थ्य भएमात्रै उसले राम्रोसँग सवारी चलाउनसक्ने भन्दै चालक तथा सहचालकको स्वास्थ्य स्थिती राम्रो हुनुपर्ने उनको भनाइ छ । आगामी बुधबार सुर्खेत बसपार्कमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको सापकोटाले जानकारी दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रमुख अपिल बोहोराले सवारी चालक स्वस्थ्य भएको खण्डमा सवारी दुर्घटना पनि कम हुनसक्ने बताए । सवारी साधान र सवारी चालकको अवस्था राम्रो भएको खण्डमा सवारी दुर्घटना कम हुने भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।