Loading... आजः २८ पुष २०८१, आईतवार

हुम्लामा हिमपात


हुम्ला – सोमबार बिहानदेखि हुम्लामा हिमपात भएको छ। हिमपात भएसँगै जिल्लामा चिसो बढ्न थालेको छ। हिमपातले हुम्लाका कृषकहरूमा खुसी छाएको छ। जेठासी बाली सप्रिने भएपछि उनीहरूमा खुसी छाएको हो।
जेठासी बाली, उवा, जौ, नाफल, राम्रो हुने भएको चंखेली गाउँपालिका-४ का जसबहादुर रोकायाले जानकारी दिए। यस वर्ष हुम्लामा मंसिर महिनाको अन्तिमबाट हिउँ पर्न थालेपछि यसपटक अन्नबाली राम्रो हुने रोकायाले बताए।

हिमपात भएसँगै हुम्ला जिल्लामा जहाज उडान रोकिएको छ। उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाँङ, तिललगायतका ठाउँमा लगभग एक फिट जति हिमपात भएको छ।