पूर्वाधार निर्माणसम्बन्धी रोकिएका काम द्रूत गतिमा अगाडि बढेका छन् : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै काम ग्रूत गतिमा अगाडि बढेको बताएका छन्। उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन्।
‘शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ, थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रूत गतिमा अगाडि बढेका छन् ।
ई-कर्णाली खबर
२५ माघ २०८१, शुक्रबार १५:०२