Loading... आजः ८ चैत्र २०८१, शनिबार

बिबाहको उमेर २० बर्ष नै कायम राख्न माग


सुर्खेत – सुर्खेतका महिला अधिकारकर्मी तथा किशोरीहरुले बिबाहको उमेर २० बर्ष नै कायम राख्न माग गरेका छन् । शुक्रबार सुर्खेतका प्रमूख जिल्ला अधिकारी शंकरहरी आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै नेपालमा बिबाहको उमेर २० बर्ष नै कायम राख्न माग गरेका हुन् ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तरगर्त गठित उपसमितिको मिति २०८१ माघ २ गते बसेको बैठकले नेपालमा बिबाहको कानुनी उमेर २० बर्षबाट घटाएर १८ बर्षमा झार्न दिएको सुझाव प्रति आप्पती जनाएका छन् । साथै तथ्यगत अध्यायन, अनुसन्धान तथा किशोरीको मनोसामाजिक, शारीरीक, स्वास्थ्य र सामाजिक संरचनागत पक्षका आधारमा कानुनी रुपमा नै केटाकेटीको उमेर २० बर्ष तयगरेकोमा त्यसलाई घटाउन नहुने उनीहरुको माग छ ।
प्रमूख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै महिला तथा बालअधिकारर्की संगिता वलीले नेपालमा संबिधानले नै व्यवस्था गरेको बिहेबारी २० बर्ष पारी बैज्ञानिक रहेको बताईन् । उनले भनिन्, “बालबालिकाको उज्वल भविश्य, शिक्षा प्रजनन स्वास्थ्य, भावनात्मक, सामाजिक र शारीरीक परिपक्कताका साथै मानव अधिकारका दृष्टिकोणले बिबाहको उमेर २० बर्ष नै उचित हुन्छ । यस्तो सम्बेदनशील बिषयमा कानुन बनाउने तहबाटै बहस थालनी हुने असान्दर्भीको हो ।”
महिला अधिकारकर्मी तथा बिशोरीहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै सुर्खेतका प्रमूख जिल्ला अधिकारी शंकर हरी आचार्यले यो ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पठाउने प्रतिबद्धता जनाए । उनले बिबाहको उमेर २० बर्ष नै उचित हुने भन्दै त्यसका लागि किशोरीहरु र महिला अधिकारकर्मीहरुले जाहेज मागको उठान गरेको बताए ।