Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन्।
संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भएपनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन्। उनले केहिदिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दाबी गरे। गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए।
फरक प्रसंगमा बर्तौलाले संविधान विपरीत गतिविधि गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे।