Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

कालिकोटको तिलागुफाका ३ सय ५७ जना विद्यार्थीलाई पोशाक वितरण


कालिकोट – तिलागुफा नगरपालिका वडा नम्बर १ अन्तरगत बिभिन्न विद्यालयका ३ सय ५७ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। तिलागुफा–१ मा रहेको मालिका माध्यमिक विद्यालय नाग्ममा आयोजित एक कार्यक्रममा ती बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो।

कार्यक्रम मालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्यायको अध्यक्षता, तिलागुफा नगरपालिकाका तथाप्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा उप–प्रमुख महेन्द्र बहादुर शाहीको विशेष आतिथ्यतामा भएको पोशाक बितरण कार्यक्रममा तीलागुफा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमूख शंकरप्रसाद उपाध्यायले तिलागुफा नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका योजनाबद्ध लागिरहेको बताए । उनका अनुसार तिलागसफाले नगरपालिका भित्रका सबै बिद्यालयका बालबालिकाहरुलाई पोशाक लगायतका शैक्षिक सामग्री बितरण गर्ने, बिद्यालयलाई बालमैत्री बनाउने, सुविधायुक्त भौतिक संरचनाका साथै प्रभावकारी शिक्षण सिकाईका लागि आवश्यक सुधारका प्रयास भईरहेका छन् । नगर उप–प्रमुख महेन्द्रबहादुर शाहीले तिलागुफा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १ मा रहेका विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको बताए । उनका अनुसार मालिका माध्यमिक विद्यालय नाग्मका १ सय ८९ जना, जनता आधारभूत विद्यालय चौरभिग्मका ४४ जना, कालिका प्राथमिक विद्यालय ढाडिभिग्मका ५७ जना र जगन्नाथ आधारभूत विद्यालय घडेराका ६७ जना विद्यार्थीले पोशाक प्राप्त गरेका छन्।