Loading... आजः २० मंसिर २०८२, शनिबार

जब मुख्यमन्त्री र भौतिकमन्त्री नै सडकमा पुगे


सुर्खेत – सुर्खेतको दशरथपुर, डाँडागाउ, जितेजुवा, ढाँडखेत, मटेला हुँदै धरमपोखरा जोड्ने २३ किलोमिटर सडकखण्डको कालोपत्रे गर्ने कामको शुक्रबार सुरु हुँदै थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल र भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा आयोजना स्थलमै पुगे । उनीहरु कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तरगतको ग्रामिण सडक संजाल सुधार आयोजनामार्फत निर्माणाधिन दशरथपुर, डाँडागाउ, जितेजुवा, ढाँडखेत, मटेला हुँदै धरमपोखरा सडकखण्डको अनुगमनमा पुगेका थिए ।
निर्माण व्यवसायीका तर्फबाटका प्राबिधिक र मजदुरहरुले उक्त सडक कालो पत्रेको काम थाल्दा ग्रामिण सडक संजाल सुधार आयोजनाको टिम सहित मुख्यमन्त्री र भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री आफै योजना स्थलमा पुगेर योजनाको अनुगमन निरिक्षण गरे । तिब्र गतिमा कालोपत्रेको तयारीमा रहेको उक्त आयोजनामा गुणस्तरीय काम समयमै गर्न मुख्यमन्त्री कंडेलले निर्देशन दिए । उनले भने, ‘कर्णालीका ग्रामिण सडकहरुको स्तोरोन्नतीको अभियान प्रदेश सरकारले चलाई रहेको छ । तपाईहरुले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गरेर प्रदेश सरकारको लक्ष्यमा साथ दिनुस । प्रदेश सरकारले यहाँका ठुलो विकास आयोजनाहरुमा भईरहेको ढिलासुस्ती हुन दिदैन् । अब कडाईका साथ अनुगमन र निरिक्षणको काम हुन्छ ।’
कर्णाली प्रदेशमा ठुला विकास आयोजनाहरु निर्माण कार्यमा हुने ढिलासुस्तीका कारण प्रदेश सरकारको पनि कार्यसम्पादन कम्जोर देखिदै आएको छ । प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भने, ‘२०७४ सालमा प्रदेश संरचना बनेदेखी हालसम्म हरेक बर्षमा ६७ प्रतिशत भन्दा धेरै विकास बजेट कार्यन्वयन भएको अवस्था छैन् । हामीले चालु आर्थिक बर्षमा नै विगतका समस्याहरु सुधार गरेर विकास बजेट ८० प्रतिशत भन्दा बढी खर्च गर्ने गरी कामहरु अगाडी बढाईरहेका छौँ । त्यसका लागि निर्माण व्यवसायी र सम्बन्धित विषयगत कार्यालयहरुको आ–आफ्नो क्षेत्रबाट परिर्णाम देखाउने गरी लाग्नुस ।
मुख्यमन्त्री कंडेल र सशरी विकासमन्त्री बुढाले सडक अनुगमन गरिरहदा निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बम पनि त्यतै थिए । उनले कर्णालीमा धेरै आयोजनाहरुमा निर्माण व्यवासयीहरुले मात्रै लाप्रबाही गरेर काममा ढिलासुस्ती हुने गरेको भन्ने गलत धारण चिर्न सफल भएको बताए । उनले भने, ‘कर्णालीमा विकास निर्माणका आयोजनाहरुमा निर्माण व्यवासायीहरुमा मात्र समस्या छैनन् । सरकारी संरचनाले गर्ने अवरोधका कारण पनि निर्माणका कामहरु प्रभावित भईरहेका छन् । सरकार र संरचनाले निर्माण व्यवसायीलाई समयमै काम गराउनका लागि पनि पहल कदमी लिनुपर्छ । सबै निर्माण व्यवासायीहरु गलतै छन भन्ने धारणाबाट हेरिदिनुपनि हुदैन् । जसका कारण राम्रो कमाम गर्नेहरुको मनोवल पनि कम्जोर हुन अवस्था नहोस ।’
सुर्खेतको लेकवेशी नगरपालिका प्रमूख उमेश पौडेलले दशरथपुर, डाँडागाउ, जितेजुवा, ढाँडखेत, मटेला हुँदै धरमपोखरा जोड्ने सडकको काम तिब्र गतिमा भईरहेको बताए । मुख्यमन्त्री कंडेलसँगै नेटामा पुगेका नगर प्रमूख पौडेलले भने, ‘हामी नगरपालिकाबाट पनि अनुगमन निरिक्षण गर्ने गरेका छौँ । यो राजमार्गले हाम्रो नगरपालिकाको आर्थिक क्रियाकलापमा उत्तिकै महत्व राखेको छ । अब चाँडै लेकबेशीवासीहरु कालोपत्रे सडकमा आफ्नो उत्पादन बजारिकरण गर्नुका साथै सुविधायुक्त सडकमा यातायात सेवा लिन पाउनेछन् ।’
ग्रामिण सडक संजाल सुधार आयोजना प्रमूख हरी वलीले पाँच महिना अगाडी सुरु भएको सुर्खेतको दशरथपुर, डाँडागाउ, जितेजुवा, ढाँडखेत, मटेला हुँदै धरमपोखरा जोड्ने २३ किलोमिटर सडकखण्डको कालोपत्रे गर्ने काम तिब्र गतिमा भईरहेको बताए । उनका अनुसार उक्त सडकमा काम थालेको ५ महिनामा ३० प्रतिशत कार्यसम्पन्न भईरहेको छ । यस आर्थिक बर्षको अन्त्यसम्म १३ किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य छ । कामको गति हेर्दा त्यो लक्ष्य पुरा हुने अवस्था छ । यो सडक २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आसिस आश्रीबाद जेभी भरतपुरले निर्माणको जिम्मा लिएको छ ।
बिश्व बैकको लगानीमा ग्रामिण सडक संजाल सुधार आयोजनामार्फत जाजरकोट र रुकुमपश्चिममा पनि दुई वटा सडक आयोजना निर्माण भईरहेका छन् । आयोजना प्रमूख वलीका अनुसार जाजरकोट जिल्लाको मोर्को चंखिला बडाबन साना खोला जुनी सडक पनि स्तोरोन्नतीका लागि काम भईरहेको छ । उक्त आयोजनाको काम पनि हालसम्म ३० प्रतिशत नै भएको छ । उक्त सडक आयोजना पनि आशिस आश्रीबाद जेभीले नै निर्माणको जिम्मा लिएको छ । रुकुमपश्चिमको चौरजहारी नार्जी खोलागाउ चौफा बैरागी ठाटी मुसिकोट सल्ले सडक पनि स्तोरोन्नतीको भईरहेको छ । उक्त सडक निर्माणको जिम्मा रौतहड कन्ट्रक्शन प्रालीले जिम्मा लिएको छ । यो आयोजनाको काम हालसम्म ४० प्रतिशत सम्पन्न भएको छ । यि तीन वटै आयोजना एउटै मितिमा ठेक्का सम्झौता भएका हुन् । निर्माणाधिन यि सडकहरु निर्माण पुरा भएपछि सुर्खेत, जाजरकोट र रुकुमपश्चिमका लाखौ नागरिकहरुले सहज यातायत सेवाको लाभ लिन पाउनेछन् ।