Loading... आजः २९ जेष्ठ २०८२, बिहीबार

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावर रहेकाव छ। साथै बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसका कारण काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ।
आज राति आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धरान,विराटनगर,जनकपुर,काठमाडौं,पोखरा, वीरेन्द्रनगर,दिपायललगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम नेपालगञ्ज र भैरहवामा (३९ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (११ डिग्रीसम्म) पुग्ने देखिन्छ।