वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट अन्नपुर्णकर्मी न्यौपाने पुरस्कृत
काठ्माण्डौ – अन्नपुर्णकर्मी बिस्नप्रसाद न्यौपाने वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । अन्नपुर्ण पोष्ट दैनिकमा सुर्खेतबाट लामो समयदेखी काम गरिरहेका न्यौपानेलाई संघिय सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागद्धारा हरेक बर्ष प्रदान गरिने वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको हो ।
न्यौपाने पत्रपत्रिका बिद्याबाट उक्त पुरस्कारका लागि देशैभरीबाट छनोट भएका हुन् । उनीसँगै टेलिभिजन बिद्याबाट कान्तिपुर टेलिभिजनका सरिता चलाउने, अनलाईन बिद्याबाट इकान्तिपुरका नुमा थाम्सुहाङ र रेडियो बिद्याबाट दाङका ओपेन्द्र बस्नेत पुरस्कृत भएका छन् ।
चारै जना पत्रकारलाई बिहिबार काठ्माण्डौमा बिश्व वातावरण दिवसका अवसरमा आयोजित समारोहमा संघिय सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा बिश्वकर्मा र संघिय सरकारका मुख्य सचिव एकनाराण अ¥यालले नगद, प्रमाणपत्र सहित पुरस्कृत गरे । पुरस्कार राशी जनही ४० हजार रहेको छ ।
वातावरण बिभागले आर्थिक बर्ष २०७९÷०८० देखी हरेक बर्ष वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष विभागले वातावरण निरिक्षक नविना महर्जन, गोबिन्द लामिछाने र प्रकास केसीलाई पनि सम्मान गरेको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शीवराज अधिकारी, पुर्वमन्त्री गणेश शाह, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र मिश्र, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतका सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो ।
ई-कर्णाली खबर
२२ जेष्ठ २०८२, बिहीबार १३:४०